अफगानिस्तानको विश्वविद्यालयमा कार्यरत तीन महिला प्राध्यापक बर्खास्त « Khabarhub

अफगानिस्तानको विश्वविद्यालयमा कार्यरत तीन महिला प्राध्यापक बर्खास्त


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानको शासन चलाइरहेको तालिबानले एक विश्वविद्यालयका तीन महिला प्राध्यापकहरुलाई बर्खास्त गरेसँगै चर्को आलोचना सुरु भएको छ ।

अफगानिस्तानको बडाखशान प्रान्तको विश्वविद्यालयमा काम कार्यरत तीन महिला प्राध्यापकहरुलाई तालिबानले बर्खास्त गरेको हो ।

उनीहरु १० महिनायता विश्वविद्यालयमा उपस्थित नभएका कारण उनीहरुलाई बर्खास्त गरिएको अधिकारीहरुले जनाएका छन् । यद्यपि गत मार्च महिनाबाट मात्र विश्वविद्यालय नियमित सञ्चालनमा आएका कारण अधिकारीको भनाइ शंकास्पद रहेको द फ्रन्टियर पोस्टर अनलाइन समाचार पोर्टलले जनाएको छ ।

मार्चअघि तालिबानको सत्ताकब्जा एवम् अन्य राजनीतिक अस्थीरका कारण विश्वविद्यालय, विद्यालयहरु, क्याम्पस तथा अन्य शैक्षिक संस्थाहरु बन्द रहेको फ्रन्टियर पोस्टले उल्लेख गरेको छ ।

अधिकारीहरुले जे जस्तो बहाना बनाएपछि यस घटनालाई तालिबानको नेतृत्वमा अफगानिस्तानमा महिला अधिकार थप कटौती भएको अर्थमा विश्लेषण गरिएको द फ्रन्टियर पोस्टले जनाएको छ । हाल उक्त विश्वविद्यालयमा ९ जना महिला प्राध्यापक कार्यरत रहेका छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ५ : ५६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका