मलको अभावका कारण तराईमा धान खेतहरू अझै बाझो « Khabarhub

मलको अभावका कारण तराईमा धान खेतहरू अझै बाझो


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– रोपाइँको सिजनको मध्यमा पर्ने असार १५ आउन एक हप्ता मात्र बाँकी रहँदा बारामा भने रोपाइँ सुरु पनि भएको छैन । उसै पनि आकाशे पानीको भरमा हुने खेतीमा वर्षा नभएर माटो भित्रको आद्रताको अभाव हुँदा बिडमा बिउ हाल्ने काम करिब एकदेखि २ हप्ता सम्म ढिलो भएको छ । 

त्यस माथि मल पनि नपाइने भए पछि बिउ उम्रिसकेका खेतमा पनि किसानले रोपाइँ सुरु गरेका छैनन् । यसरी मल नपाइने भए पछि अन्नको भण्डार भनिने मध्य तराईको जिल्ला बारा, पर्सा, रौतहटमा रोपाइँ प्रभावित भएको छ । खेतहरू बाँझै रहेका छन् । 

कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद शाहका अनुसार सिँचाइको समस्या दोहोरिने गरेको भए पनि किसानहरूले दमकल लगाउने, नदीमा बाँध लगाउने जस्ता उपाय अपनाउने गरेका छन् । मल अभावसँग जुध्ने जुक्ति अब नरहेको उनले बताए ।

कृषि ज्ञानकेन्द्रको रेकर्ड अनुसार यी जिल्लाहरूमा १५० देखि १६० हजार हेक्टरसम्म धान खेती हुन्छ । धान यहाँको मुख्य बाली हो । भदौ असोज मैं काटिने सारो धान छिटफुट रोपिएका छन् । तर यो पटक भने यी जिल्लामा २० प्रतिशत पनि रोपाइँ भएको छैन । अरु तराईका जिल्लाहरुको पनि अवस्था उस्तै छ । 

यता कृषि सामग्री कम्पनीको वीरगञ्ज स्थित मलको प्रवेश बिन्दु तथा मधेस प्रदेश कार्यालयका अनुसार कम्पनीले खरिद गरेको मल कहिले आइपुग्ने यकिन हुन सकेको छैन । असारको तेस्रो सातासम्म मल यहाँ आइपुग्ने आँकलन गरिएको कार्यालयका सूचना अधिकारी आलोककुमार झाले बताए । 

झाका अनुसार ग्लोबल टेन्डर मार्फत खरिद गरिएको ४० हजार टन डिएपी र ३० हजार टन युरिया गरी ७० हजार टन मल अहिले आयात हुने प्रक्रियामा रहेको छ  र ‘जि–टु–जि’ (गभर्नमेन्ट टु गभर्नमेन्ट) प्रक्रियामा यस पाली खरिद गरिएको डेढ लाख टन मल नेपाल ल्याउन पहल गरिरहेको कम्पनीले जनाएको छ । हिजो मात्रै कायम मुकायम प्रबन्ध सञ्चालक राजेन्द्र बहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय टोली भारत गएको प्रदेश कार्यालयका सूचना अधिकारी झाले बताए । 

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले डिएपीको बितरण यहाँ सुरु गरे पनि माग भन्दा निकै कम परिमाणमा आपूर्ति हुँदा त्यसबाट अझ बितरण कसरी गर्ने भने सकस भएको छ । गत जेठ २१ मा साल्ट ट्रेडिङको २० हजार टन डिएपी नेपाल भित्रिएको थियो । सो कम्पनी मार्फत आयात हुन लागेको २२ हजार टन युरिया हल्दिया बन्दरगाहबाट हिडिसकेर ५ दिन भित्र आइपुग्ने अनुमान गरिएको वीरगञ्ज स्थित कार्यालयका प्रमुख अनोज लामिछानेले बताए । 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : ४६ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया