‘मोडल हन्ट नेपाल’ मा आवद्ध भइन् नम्रता  | Khabarhub Khabarhub

‘मोडल हन्ट नेपाल’ मा आवद्ध भइन् नम्रता 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’ मा आवद्ध भएकी छन् । उनी निर्णायकको रुपमा प्रतियोगितामा आवद्ध भएकी हुन् । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले श्रेष्ठ प्रतियोगितामा आवद्ध भएको जानकारी दिए । श्रेष्ठ २०२० की मिस नेपाल विजेता हुन् । प्रतियोगिताको अहिले सातौँ संस्करण सुरु चलिरहेको छ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो छ । ११ असार अर्थात २५ जुनबाट सुरु हुने प्रतियोगिताको छनौट चरणको अडिसन ९ जुलाईसम्म चल्नेछ । अडिसनबाट छानिएका प्रतियोगीले मात्र फाइनलमा सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा नगद ५ लाख बराबर उपहारसहित १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : ०० बजे

मध्यपुर थिमिका नगरवासीले रगत निःशुल्क पाउने

भादगाउँ– मध्यपुर थिमि नगरपालिकाले निःशुल्क रगत वितरणलाई निरन्तरता दिएको छ

चिनियाँ सहयोगमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम

चितवन– चिनियाँ सहयोगमा यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा

रविलाई राखिएको जेलको कोठामा के के देखिन् इन्सेक प्रतिनिधि बिसीले ?

काठमाडौं- बुटवलस्थित सुप्रिम सहकारी संस्थाको करोडौं रकम ठगी अभियोगमा भैरहवा

परिवर्तनकारी शक्तिको भूमिका सम्बन्धमा नेता श्रेष्ठ र यादवबीच छलफल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी

साउनको अन्तिम सोमबार डोलेश्वरमा भक्तजनको घुइँचो

काठमाडौं– साउन महिनाको अन्तिम सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं–