डिभिजन वन कार्यालय बाराद्वारा १० करोड बेरुजु फर्छ्यौट  « Khabarhub

डिभिजन वन कार्यालय बाराद्वारा १० करोड बेरुजु फर्छ्यौट 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– डिभिजन वन कार्यालय बाराले १० करोड बेरुजु फर्छ्यौट गरेको छ । करिब एक दशक पुरानो १६ करोड बेरुजु मध्ये गत वर्षसम्म १० करोड बेरुजु फर्छ्यौट गरेको हो । 

१६ करोड बेरुजु मध्ये ९ करोड सव डिभिजन र इलाका वन कार्यालयहरूमा रहेका काठहरू समय मै लिलाम नहुँदा लगतमा रकम चढाइएको तर बिक्री नभएका जोखिमयुक्त काठहरूको मात्रै रहेको थियो भने अन्य वन कर्मचारी र विभिन्न संघ संस्था तथा व्यक्तिको नामको पेस्की बेरुजु रहेको वन कार्यालयले जनाएको छ । 

यसैबीच डिभिजन वन कार्यालय बाराले आयोजना गरेको ‘स्वागत तथा फेरी भेटौला’ कार्यक्रममा बाराका डिभिजन वन अधिकृत मञ्जुर अहमदले ३ वर्ष अघि बाराको वन कार्यालय देशभर कै ७७ जिल्ला मध्ये कै सबै भन्दा धेरै बेरुजु हुने कार्यालय मध्येको पहिलो स्थानमा रहेको बताए ।

२०७५ सालमा बारामा तत्कालीन डिभिजन वन प्रमुखसहित दुई दर्जन कर्मचारीहरू विरुद्ध एकै पटक अख्तियारमा उजुरी परेको थियो । जस मध्ये केही कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भइसकेको छ भने केही कर्मचारी माथि अख्तियारले अनुसन्धान जारी राखेको छ । 

सुकुम्बासी बाहेक पनि केही जग्गा माफियाहरूले बाराको वन क्षेत्रलाई नियोजित ढंगले अतिक्रमण गरेर भौतिक पूर्वाधारहरू निर्माण गरिरहेका छन् । गत वर्ष वन कार्यालयले मानवीय अतिक्रमणमा परेको कोहल्वीजीतपुरसिमराको चकरी क्षेत्रको करिव २ सय हेक्टर वनको जग्गा फिर्ता ल्याएर सो क्षेत्रमा तारबार सहित वृक्षारोपण गरेको छ । 

३ वर्ष बाराको डिभिजन वन प्रमुख भएर सोमवार मात्रै बिदाई भएकाका अहमद विगतका वन कर्मचारीहरूले नै व्यक्तिगत लाभमा परेर संस्थाको हित विपरित काम गर्ने गरेको टिप्पणी गरे । स्वागत तथा बिदाई कार्यक्रममा बोल्दै महोत्तरीबाट सरुवा भएर बारा आएका डिभिजन वन अधिकृत बिनोद सिंहले वन जंगल खुला प्राकृतिक सम्पत्ति भएकोले यसको संरक्षणमा सबै तहका नागरिकको सहयोग आवश्यक पर्ने बताए । उनले वन जंगल संरक्षणमा आफू कहिल्यै नचुक्ने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : २९ बजे

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६