आयोजक हेमजा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा | Khabarhub Khabarhub

आयोजक हेमजा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेमजा युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २–० गोल अन्तरले जीत निकाल्दै आयोजकले फाइनल यात्रा पक्का गरेको हो । हेमजाका लागि दुवै गोल कमल थापाले गरे ।

पहिलो हाफ बराबरीमा रोकिएपनि दोस्रो हाफमा हेमजाले लगातार २ गोल हान्यो । खेलको ५३ औं मिनेटमा हेम्जाका कमलले बायाँ एरियाबाट गरेको बललाई उत्कृष्ट प्रहार गरी गोलमा परिणत गरे । ६७ औं मिनेटमा कमलले व्यक्तिगत दोस्रो गोल गर्दै जीत पक्का गराए ।

प्रतियोगिता अन्तरगत बिहीबार अफ्रिकी क्लब एभिनियर र चर्च ब्वाइज विच फाइनल प्रवेशका लागि अन्तिम खेल हुँदैछ । असार ४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ८ टिम सहभागी थिए । विजेताले ६ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ६ : ०९ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको