एनआरएनए साउदीद्वारा ५ नेपालीको उद्धार  « Khabarhub

एनआरएनए साउदीद्वारा ५ नेपालीको उद्धार 


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा साउदीमा अलपत्र ५ जना नेपालीको उद्धार गरिएको छ ।

दोलखाका अर्जुन राया, कैलालीका कुसुराम चौधरी, कपिलवस्तुका प्रेम थापा, रौतहटका फारुक देवान र झापा देबीप्रसाद ओलीलाई आरसिसी अल-कासिमको समन्वय र रियादस्थित नेपाली दूतावासको पहलमा नेपाल फर्काइएको हो ।

कम्पनी छाडेर भागेकोले (हुरुप) लागेर नेपाल फर्कन नसकेका पिडितहरु अल कासिमका लागि दूतावास प्रतिनिधि विशाल श्रेष्ठको सम्पर्कमा आएका थिए । उनकै विशेष पहलमा नेपाल फर्कन सफल भएको एनआरएनए साउदीले जनाएको छ ।

जुन १४ तारिखका दिन दूतावास प्रतिनिधि श्रेष्ठको पहलमा एक्जिट भिसाका लागि आवश्यक पर्ने कागाजात दूतावासमा बुझाइएको थियो । उनीहरु त्यसको दुई दिन अघि उनको सम्पर्कमा आएका थिए।

आइतबार एक्जिट भिसा लागेको र पीडितहरु बुधबारको उडानबाट नेपाल फर्किन सफल भएको एनआरएनएले जनाएको छ ।

केहिदिन अघिमात्र कम्पनी छाडेर भागेको कारण अलपत्र परी स्वदेश फर्कन नसकेका बर्दियाका निरज पौडेललाई पनि आरसिसी अल-कासिमको समन्वय र दूतावासको पहलमा स्वदेश फर्काइएको एनआरएनए साउदीका सचिव ध्रुब कटुवालले जानकारी दिएका छन्।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ६ : ४२ बजे

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ घाइते

कञ्चनपुर – कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक