काठमाडौँमा साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुटाए ५ सय जरिवाना « Khabarhub

काठमाडौँमा साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुटाए ५ सय जरिवाना


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुटाए कारबाही गर्ने भएको छ ।

बिहीबार एक सूचना जारी गर्दै महानगरको वातावरण तथा कृषि विभागले साउन १ गतेदेखि जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुटाउन आग्रह गरेको हो ।

फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गरिने वातावरण विभागले जनाएको छ । जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्टाउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएको महानगरको सूचनामा उल्लेख छ ।

महानगरले कुहिने र नकुहिने फोहोर फरक–फरक दिन सङ्कलन गर्ने पनि सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १० : ४५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका