निजगढ विमानस्थल निर्माण गर्न विशेष प्रस्ताव पास गर्न आग्रह « Khabarhub

निजगढ विमानस्थल निर्माण गर्न विशेष प्रस्ताव पास गर्न आग्रह


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- निजगढ सार्वजनिक सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न बाराका स्थानीय तहका प्रमुखहरूसँग विशेष प्रस्ताव पास गर्न आग्रह गरेको छ ।

समितिले कोल्हबीका नगरप्रमुख रामप्रसाद चौधरी, सिम्रौनगढका नगरप्रमुख किशोरीप्रसाद कलवार, महागढीमाई नगरका प्रमुख उपेन्द्रप्रसाद यादव, पचरौताका नगरप्रमुख जालन्धर सिंह, करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु यादव, बारागढीकाका अध्यक्ष अशोक जैसवाल, सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, देवताल गाउँपालिकाका अध्यक्ष उदयचन्द्र यादव र आदर्शकोतवाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदप्रसाद साहलाई पालिका कार्यालयमै भेटेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सहयोग पुर्‍याउने उद्देश्यले पालिका सभाबाट विशेष प्रस्ताव पास गर्न आग्रह गरेका हुन् ।

बाराको टाँगीयाबस्तीमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ०५१ सालमा प्रारम्भिक सर्वेक्षण भएको थियो । यस्तै, ०५६ सालमा विमानस्थलको डिपीआर, जग्गा प्राप्ति तथा वातावरणीय प्रभाव मूल्याङ्कन पूरा गरेर मुआब्जा वितरण प्रक्रिया समेत अन्तिम चरणमा पुगिसकेको छ । यसलाई राष्ट्रिय गौरवको परियोजनाको रूपमा सरकारले घोषणा गरेको छ ।

समितिका संयोजक एकबहादुर श्रेष्ठले हस्ताक्षर गरेर बुझाइएको पत्रमा आयोजना निर्माण स्थलको रूपमा रहेको टाँगियाबस्तीको व्यवस्थापन गर्न सरकारले जग्गा छनौट गरेर कानुनी र विधिगत रूपमा बस्ती स्थानान्तरणको लागि काम सुरु गर्ने चरणमा पुगिसकेको तथा जग्गा प्राप्ति, आयोजना क्षेत्रको घेराबारा अनि नदी नियन्त्रणको काम समेत सम्पन्न भैसकेको जनाइएको छ ।

यस्तो अवस्थामा सर्वाेच्च अदालतको १२ जेठ ०७९ को निर्णयअनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने कार्य भएको र सर्वाेच्च अदालतको निर्णयबाट विमानस्थल निर्माण कार्य अहिले जोखिममा भन्दै विमानस्थल निर्माण गर्न बारा जिल्लावासी थप सक्रिय र एकताबद्ध भएर लाग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै पालिका सभा र बैठकबाट अदालतको निर्णय पुनरावलोकन गराएर वा अर्को कुनै विकल्पमार्फत अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाल सरकारलाई सहयोग पुर्‍याउने गरी विशेष प्रस्ताव पारित गर्न आग्रह गरिएको छ ।

आग्रह पत्र बुझाउन संयोजक श्रेष्ठको नेतृत्वमा विनोद भारतीसहितका समितिका सदस्यहरू पालिका कार्यालयमा पुगेका थिए । समितिका सदस्य भारतीका अनुसार पालिका प्रमुखहरूले विमानस्थल निर्माण गर्न सबै खालको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको जानकारी दिए । उनका अनुसार पत्र बुझाउन बाँकी जिल्लाका अन्य पालिकाका प्रमुखहरूलाई पनि भेटेर विशेष प्रस्ताव पास गर्न आग्रह गरिनेछ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १ : ०७ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर