विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला  « Khabarhub

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला 


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं, कास्की, दाङ, स्याङ्जा र पर्सामा पाँच जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३ घर भएकी ४१ वर्षीया फुलमाया सुनार बुधबार मृत अवस्थामा फेला परेकी छन् । बुढानिलकण्ठ नगरपालिका–८ स्थित निर्माणाधीन घरमा काम गर्ने उनी सोही घरको भुइँतलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

कास्कीको पोखरा महानगरपालिका–३२ मालमुल फाटको भष्मेटो भीरको खोल्सामा सोही ठाउँ बस्ने ५३ वर्षीय पुष्पराज तिवारी बुधबार मृत अवस्थामा फेला परेका छन् । दाङको लमही नगरपालिका–१ सुनडबरी बस्ने ६५ वर्षीय मान बहादुर सार्की छिमेकीको घरको आँगनमा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

स्याङ्जाको आँधिखोला गाउँपालिका–६ साम्दीखोलास्थित खेतमा सोही गाउँपालिका–२ ओईया बस्ने ५५ वर्षीय रेशम कार्की बुधबार मृत अवस्थामा फेला परेका छन् । पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित माइडिया पोखरी नजिकै हाल पहिचान नखुलेका करिब ५५ वर्षीय  पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनाहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १ : ३० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब