विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला  « Khabarhub

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला 


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं, कास्की, दाङ, स्याङ्जा र पर्सामा पाँच जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३ घर भएकी ४१ वर्षीया फुलमाया सुनार बुधबार मृत अवस्थामा फेला परेकी छन् । बुढानिलकण्ठ नगरपालिका–८ स्थित निर्माणाधीन घरमा काम गर्ने उनी सोही घरको भुइँतलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

कास्कीको पोखरा महानगरपालिका–३२ मालमुल फाटको भष्मेटो भीरको खोल्सामा सोही ठाउँ बस्ने ५३ वर्षीय पुष्पराज तिवारी बुधबार मृत अवस्थामा फेला परेका छन् । दाङको लमही नगरपालिका–१ सुनडबरी बस्ने ६५ वर्षीय मान बहादुर सार्की छिमेकीको घरको आँगनमा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

स्याङ्जाको आँधिखोला गाउँपालिका–६ साम्दीखोलास्थित खेतमा सोही गाउँपालिका–२ ओईया बस्ने ५५ वर्षीय रेशम कार्की बुधबार मृत अवस्थामा फेला परेका छन् । पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित माइडिया पोखरी नजिकै हाल पहिचान नखुलेका करिब ५५ वर्षीय  पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनाहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १ : ३० बजे

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी