‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र स्वदेशी वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकार क्रियाशील छ’ « Khabarhub

‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र स्वदेशी वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकार क्रियाशील छ’


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र  बडूले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र स्वदेशी वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकार क्रियाशील रहेको बताएका छन्।

बिहीबार काठमाडौँमा उद्योग मन्त्रालय, नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा नेपाली उत्पादनको बजारीकरणका लागि निर्मित इ–कमर्सको शुभारम्भ गर्दै मन्त्री बडूले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा सरकारले मुलुकको निर्यातलाई बढाउने, उत्पादनलाई बढाउने नीति लिएको समेत बताए । यसका लागि नेपाली उत्पादन बढाउन प्रधानमन्त्रीको नाममा नै कार्यक्रम रहेको र अर्को मेड इन नेपाल मेक इन नेपालको दशकका रूपमा कार्यक्रम अघि बढाएको उनले जानकारी दिए ।

मन्त्री बडूले साना तथा घरेलु उद्योग नै उत्पादन बढाउने आधार क्षेत्र रहेको जिकिर गरे। उनले स्वदेशी बस्तु उत्पादन, बजारीकरण र निर्यातका लागि सरकार पूर्ण रूपमा निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको बताए। मन्त्री बडूले इ–कमर्समार्फत स्वदेशी बस्तुको प्रवर्द्धन र बजारीकरणका लागि सहज हुने धारणा राखे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगहरू अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यस क्षेत्रको उचित प्रवर्द्धन आवश्यक रहको बताए। साना तथा मझौला उद्योगहरूलाई महासंघको पहलमा बिना धितो कर्जा उपलब्ध गराउने सरकारको कार्यक्रम आएको भन्दै यसलाई छिटो कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।

बिहीबार सार्वजनिक गरिएको इ-कमर्सबाट स्वदेशी बस्तुको बिक्री वितरण समेत गरिने घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ३ : २८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना