एक महिनामा सरकारको खर्च– आर्थिक सहायता र विदेश भ्रमणमा ८ करोड सकियो | Khabarhub Khabarhub

एक महिनामा सरकारको खर्च– आर्थिक सहायता र विदेश भ्रमणमा ८ करोड सकियो



काठमाडौं– सरकारले जेठ महिनामा मात्रै डेढ करोडभन्दा बढि रकम सहायताका नाममा वितरण गरेको छ । अर्थ मन्त्रालयका अनुसार रामेछापकी विमला विश्वकर्मा, स्याङ्जाकी पवित्रा भण्डारीलाई ५–५ लाख र बैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङलाई आर्थिक सहायताका नाममा ३० लाख रुपैयाँ वितरण गरेको छ ।

त्यस्तै झापा विर्तामोडका ध्रुवकुमार सिवाकोटीलाई ३० लाख, मोरङका गोविन्दराम गौतमलाई ५ लाख, नेपालगञ्जका कमलसिंह क्षेत्रीलाई १ लाख, अछामका हिमाल विकलाई ८ लाख र काभ्रेका निलबहादुर बस्नेतलाई ५ लाख रुपैयाँ आर्थिक सहायताका नाममा वितरण गरेको छ । त्यस्तै सिद्धिचरण प्रतिष्ठान काठमाडौँसहित विभिन्न १० जनालाई ५६ लाख रुपैयाँ वितरण गरेको छ ।

सरकारी भ्रमणमा मात्रै ६ करोड स्वाहा

सरकारी कर्मचारीलाई जथाभावी विदेश भ्रमणमा रोक लगाएको सरकारका मन्त्रीहरुले भने विदेश भ्रमणका नाममा जेठ महिनामा मात्रै ६ करोड बढी राज्य कोषबाट खर्च गरेका छन् ।

अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमणमा मात्रै २ करोड १२ लाख ८५ हजार २६ रुपैया खर्च भएको छ ।

यस्तै, राष्ट्रपतिको चीन भ्रमणका लागि ३ करोड ९५ लाख ५ हजार ६ सय ३३ रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको दोहा भ्रमणका लागि ७ लाख ४ हजार ७३ रुपैयाँ खर्च गरेका छन् ।

राष्ट्रिय सूचना आयोगका २ जना आयुक्त किरण पोखरेल र यसोदा तिमिल्सिनाको दक्षिण अफ्रीका भ्रमणमा ८ लाख ५१ हजार ३ सय ५० खर्च गरेका अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै मुख्यसचिव लोकदर्शन रेग्मीसहित ४ जना अधिकारीको इजरायल र इजिप्ट भ्रमणका नाममा १३ लाख ५६ हजार ३ सय ५५ रुपैयाँ खर्च भएको छ ।

बजेट बनाउन मात्रै १७ लाख १० हजार

अर्थ मन्त्रालयका अनुसार बजेट बक्तव्य र बजेट पुस्तिका मुद्रणसँगै खटिएका सुरक्षाकर्मी र कर्मचारीका लागि १७ लाख १० हजार रकमान्तर गरिएको छ । त्यस्तै द्वन्द्वपीडितका परिवारलाई राहत रकम वापत् ३९ करोड ६५ लाख ८ हजार ५ सय रुपैयाँ गृह मन्त्रालयलाई रकमान्तर गरिएको छ ।

विराटनगर–इटहरी–धरान सडक आयोजनाका लागि २ अर्ब रुपैयाँ रकमान्तर गरिएको छ । मेची नदीमा रहेको नेपाल भारत जोड्ने पुलका लागि मात्रै २ करोड ६८ लाख रुपैयाँ रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् कुन शीर्षकमा सरकारले कति खर्च गर्‍यो ? 

प्रकाशित मिति : २ असार २०७६, सोमबार  २ : ४१ बजे

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा दिइने

मकवानपुर– बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा