जुनियर टेबलटेनिसमा एलेन र पूजालाई स्वर्ण « Khabarhub

जुनियर टेबलटेनिसमा एलेन र पूजालाई स्वर्ण


७ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एपीएफ क्लबका एलेन महर्जनले प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिताको यु–१० ब्वाइज सिंगल्समा स्वर्ण जितेका छन् ।

राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको फाइनलमा एलेनले काठमाडौंका एड्रियन शाहीलाई ८–११, ११–९, ११–९ र ११–८ को सेटमा पराजित गरे । काठमाडौंका उज्ज्वल मानन्धर तथा ललितपुरका कृष्णबहादुर महरा संयुक्त रुपमा तेश्रो भए ।

उक्त स्पर्धाको गल्र्समा काठमाडौंकी पूजा सोती च्याम्पियन बनिन् । फाइनलमा पूजाले भक्तपुरकी क्यारिना सुवाललाई ७–११, ११–७, ११–५ र ११–५ को सेटमा हराइन् । ललितपुरकी अनामिका कस्ती र सुनसरीकी सुलेखा ठाकुर तेश्रो भए ।

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्स टिम इभेन्टको फाइनलमा भक्तपुरले काठमाडौंलाई ३–२ ले पाखा लगाउदै शीर्ष स्थान हात पा¥यो । रुपन्देही र एपीएफ तेश्रो बने ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाहीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  १ : ४० बजे

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च