विक्रमासिंघेको बाध्यता – जनअपेक्षा पूरा गर्न नसकेपछि अर्थतन्त्र ‘टाट पल्टेको’ घोषणा « Khabarhub

विक्रमासिंघेको बाध्यता – जनअपेक्षा पूरा गर्न नसकेपछि अर्थतन्त्र ‘टाट पल्टेको’ घोषणा


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले अर्थतन्त्र ‘पूर्ण रुपमा टाट पल्टेको’ घोषणा गरे । मुलुकको गिर्दो अर्थतन्त्रलाई सुदृढ बनाउने बाचासहित प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा गर्नुलाई निकै चासोपूर्वक हेरिएको छ ।

विक्रमासिंघेले अपेक्षा अनुसार अर्थतन्त्रलाई उकास्न असफल भएको आरोप पनि लाग्न थालेको छ । विक्रमासिंघेको कामप्रति असन्तुष्टि जनाउँदै श्रीलंकाका दुई प्रभावशाली विपक्षी दलहरुले संसदीय बैठक समेत वहिष्कार गरेका छन् ।

उनले आफ्नो मुलुकको आयल निगमले विदेशी साहूसँगको उधारो तिर्न बाँकी रहेको भन्दै आयातित इन्धन खरिद गर्न नसकेको समेत संसदलाई जानकारी गराएका छन् । उनका अनुसार सिलोन पेट्रोलियम कर्पोरेसन ७० करोड अमेरिकी डलर ऋणमा छ ।

‘परिणामस्वरुप विश्वका कुनै पनि मुलुक वा संस्थाले हामीलाई इन्धन दिन चाहिरहेका छैनन् । उनीहरु नगद मै पनि इन्धन दिन हिचकिचाइरहेका छन्’ उनले भने ।

पछिल्ला केही सातामा श्रीलंका सरकारले अर्थतन्त्रलाई सही मार्गमा ल्याउन कठोर कदमहरु चालिरहेको छ । हालैमात्र श्रीलंकाले मुलुकमा इन्धनको जोहो गर्न भन्दै सातामा चार दिन काम गर्नुपर्ने व्यवस्था लागू गरेको थियो । यद्यपि यस्ता कदमले तत्कालै त्यहाँको अर्थतन्त्रमा कुनै सुधार आउने सम्भावना न्यून रहेको विश्लेषण गरिएको छ ।

मुलुकका धेरै सहरहरुमा सयाँै मानिसहरु इन्धन खरिद गर्नका लागि लामो लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ भने इन्धन लिन लाइनमा बसेका सर्वसाधारण र सुरक्षाकर्मीबीच बेलाबेला झडप समेत हुँदै आएका छन् ।

रेलसेवा सञ्चालनमा पनि कटौती गरिएको छ भने आर्थिक संकटका कारण खाद्यान्न एवम् औषधि जस्ता अत्यावश्यक वस्तुको हाहाकार देखिएको छ ।

यस्तो अवस्थामा गत महिना श्रीलंकाको नयाँ प्रधानमन्त्री बनेका विक्रमासिंघेमाथि ठूलो दबाब रहेको बताइन्छ । विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा गर्नुलाई निकै चासोपूर्वक हेरिएको छ ।

मुलुकको अवस्था सोचेभन्दा अत्यन्त भयावह रहेको र यो समस्याको हल निस्कन समय लाग्ने संकेतस्वरुप विक्रमासिंघेले यस्तो अभिव्यक्ति दिएको हुनसक्ने टिप्पणी गरिएको छ ।

‘उनले मानिसहरुको अपेक्षालाई अत्यन्त साँघुरो बनाइरहेका छन् ।’ अमेरिकाको राजधानी वाशिंटन डिसीमा रहेको सेन्टर फर ग्लोबल डेभलपमेन्ट नामक संस्थाका अर्थशास्त्री अनित मुखर्जीले बेलायती अखबार द गार्जियनलाई भने ।

यसबाहेक उनको टिप्पणी ऋणदाता मुलुक एवम् संस्थाहरुतर्फ पनि लक्षित रहेको टिप्पणी गरिएको छ । ‘यतिको रणनीतिक रुपमा महत्वपूर्ण मुलुकलाई टाट पल्टिन दिनु हुन्न ।’ अत्यन्त व्यस्त पानीजहाज मार्गमा अवस्थित श्रीलंकाको ठूलो रणनीतिक महत्व रहेको बताउँदै मुखर्जीले भने ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ४ : ३३ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा