बागबजारको धारा र ट्युबवेलको पानीमा भेटियो हैजा फैलाउने जीवाणु « Khabarhub

बागबजारको धारा र ट्युबवेलको पानीमा भेटियो हैजा फैलाउने जीवाणु


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँको बागबजारको धारा र ट्युबवेलको पानीमा हैजा फैलाउने जीवाणु भेटिएको जनाएको छ ।

काठमाडौँमा हैजाका बिरामी भेटिएपछि बागबजारको धारा र ट्युबवेलको पानीको परीक्षण गरिएको थियो । परीक्षण गर्दा पानीमा हैजा फैलाउने जीवाणु भेटिएको प्राधिकरणले जनाएको छ ।

‘हिजो बागबजारको धारा र ट्युबवेलको पानीमा हैजा फैलाउने जीवाणु भेटियो । बर्खाको समयमा पानी प्रदूषित हुने जोखिम धेरै हुन्छ । पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने गरौँ,’ प्राधिकरणले सामाजिक सञ्जाल ट्विटर मार्फत सर्वसाधारणलाई सजग हुन भनेको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ६ : २२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु