नेक्सस कप टी-२० क्रिकेट : अपन राधेमाईको जित « Khabarhub

नेक्सस कप टी-२० क्रिकेट : अपन राधेमाईको जित


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अपन राधेमाई युवा क्लबले यु-१६ नेक्सस कप टी-२० क्रिकेट सिजन ५ मा बिहीबार जित हात पारेको छ ।

बागमती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) लाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । पहिलो ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो ।

शशि पारितले ५३, सफ्वान अलीले २२ र रुहुल हक अन्सारीले २० रन जोडे । भक्तपुरका आयान सिलवालले २ विकेट लिए । जवाफी ब्याटिङमा उत्रेको बसीसी १८।१ ओभरमा अलआउट हुँदै ६२ रनमा समेटियो । राधेमाईका सल्मान अली मन्सुरी र अनिश साह कनुले ३–३ विकेट लिए ।

अर्को खेलमा आस्था कलेज, झापाले ओसिस क्रिकेट एकेडेमीलाई २ विकेटले हरायो । ओसिसले पूरा २० ओभर खेल्दै ७ विकेट क्षतिमा १०० रनको योगफल खडा गर्‍यो । ओसिसका सूर्यान्शु कोइरालाले ३७ तथा निश्चल श्रेष्ठले २१ रन बनाए । आस्थाका सौजन घिमिरेले ३ तथा संगम बुढाथोकीले १ विकेट झारे ।

आस्थाले १७.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य भेटायो । आस्थाका सौजन घिमिरेले ९ बलमा २ छक्का मद्दतमा २१ रन बटुले । ओसिसका बीके शर्माको नाममा ३ विकेट रह्यो ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ६ : १७ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब