धार्मिक पर्यटक बोकेको भारतीय रेल जनकपुरधाम आइपुग्यो | Khabarhub Khabarhub

धार्मिक पर्यटक बोकेको भारतीय रेल जनकपुरधाम आइपुग्यो


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धार्मिक पर्यटक बोकेको भारतीय रेल बिहीबार जनकपुर आइपुगेको छ। १४ कोच र ५०० धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा “भारत गौरव“ भारतीय रेल आज दिउँसो जनकपुरको रेल्वेस्टेशनमा आइपुगेको हो ।

२१ जुन २०२२ मा भारतको नयाँ दिल्लीमा भारतका रेल मन्त्री तथा पर्यटन मन्त्रीले संयुक्त रूपमा झन्डा देखाएर यात्रा सुरु भएको रेल आज जनकपुरधाम आइपुगेको हो । यो भारत र नेपालमा रामायण सर्किट कभर गर्ने आफ्नो प्रकारको पहिलो पर्यटक ट्रेन हो। भारत र नेपालका प्रधानमन्त्रीहरूले गत ०२ अप्रिल २०२२ मा भारतको जयनगरदेखि नेपालको कुर्था जोड्ने रेललाई संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मधेस प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुघ्न महतो, जनकपुरधामका मेयर मनोजकुमार शाह, नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन झा, काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तव लगायतले रेललाई स्वागत गरेका थिए । त्यस्तै वीरगन्जस्थित भारतीय महावाणिज्य दूत नितेश कुमारले पनि स्वागत गरेका थिए ।

रेलमा आएका पर्यटकहरूले जानकी मन्दिरको दर्शन गर्ने छन्, जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम हेर्ने छन् र गंगा आरतीमा सहभागी हुने जनाइएको छ ।

उनीहरू भोलि जनकपुरधाम जानेछन् र भारत गौरव ट्रेनबाट रामायण सर्किट रुटमा अगाडी यात्राका लागि सडक मार्गबाट सीतामढी जानेछन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ७ : ११ बजे

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

काठमाडौं– वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ

खोटाङको साकेलामा श्रमदान अभियान

खोटाङ– साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । अभियानमार्फत

तीजमा कस्तो दर कसरी खाने ?

काठमाडौँ – नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको दर

आयुर्वेद औषधि उत्पादन केन्द्रद्वारा नौ प्रकारका औषधि उत्पादन

चितवन– आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले चालु आर्थिक वर्षमा नौ

रौतहटको बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालन

चन्द्रपुर– कुशेऔँसीको अवसरमा सडक आश्रित ‘बा’हरूका लागि चन्द्रपुर–७ बनबहुअरीमा मानवसेवा