कर्णाली प्रदेश सरकारको बजेटमाथि छलफल सुरु « Khabarhub

कर्णाली प्रदेश सरकारको बजेटमाथि छलफल सुरु


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का ल्याएको बजेटमाथि छलफल सुरु भएको छ । प्रदेशसभाको १०औँ अधिवेशनको पन्ध्रौँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट छलफलका लागि सभामा पेश गरे ।

छलफलमा भाग लिँदै नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले औषधि विभागमा दर्ता नभएकालाई पशुस्वास्थ्यको तालिम दिइएको विषयमा सरकारको ध्यानाकर्षण गरे । त्यही क्रममा उनले चैतसम्म बजेट नहुने तर असारमा फालाफाल हुने र विकास गर्ने नभई खाने संस्कार एवं प्रवृत्ति कर्णालीमा बढ्दै गएको टिप्पणी गरे ।

उनले भने, “सङ्घीय सरकारसँग प्रस्ताव नराखी प्रदेश अस्पताललाई प्रतिष्ठानमा बदल्ने कुराले सङ्घ सरकारले बनाउने भनेको मेडिकल कलेज निस्तेज गर्ने तरिका होइन ?” नेता कँडेलले सरकारले सञ्चालन गरेका योजना विकास नभई व्यवसाय र धन्दामा परिणत भएको जिकिर गरे ।

त्यस्तै प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७६’ सरकारले फिर्ता लिने कुरा कदापि स्वीकार्य नहुने चेतावनी दिए ।

उनले सरकारले स्याउ तथा ओखर विकास परियोजना कहाँ हरायो ? कर्णाली हाईअल्टिच्युड ट्रेनिङ सेन्टरको योजना कहाँ तुहायो ? भन्ने प्रश्न गर्दै ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ कार्यक्रममा बजेट व्यवस्था नभएकोसमेत बताए । उनले कर्णाली समृद्धिको सपनालाई साकार पार्ने खालको पूँजीगत बजेटमा ध्यान दिन सरकारलाई सुझाव दिए ।

अर्का सदस्य सुशीलकुमार थापाले अहिले पनि प्रदेश सरकारले वितरणमुखी बजेट ल्याएको र कर्णाली प्रदेश कर्णालीकै कारण समृद्धिको दिशातर्फ अगाडि बढ्न नसकेको विचार व्यक्त गरे । कर्णालीको गरिबी घटाउने, स्वास्थ्य, शिक्षा र रोजगारीमा जोड दिनेगरी समावेशी र समानुपातिक बजेट ल्याउन सरकारलाई आग्रह गरे ।

प्रदेशसभाको अर्को बैठक यही असार १० गते शुक्रबार दिउँसो ३ बजे बस्नेछ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ११ : १४ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने