कुमारी बैंकको भिसा कार्डमा विदेशबाट पठाएको रकम सीधै प्राप्त गर्न सकिने « Khabarhub

कुमारी बैंकको भिसा कार्डमा विदेशबाट पठाएको रकम सीधै प्राप्त गर्न सकिने


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेडले भिसा इन्टरनेश्नलसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका निम्ति विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ ।

विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरु मार्फत कुमारी बैंकको डेबिट/क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्ने बैंकले जनाएको छ ।

विदेशबाट भिसा डाइरेक्टमार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको धारणा कुमारी बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिष ताम्राकारले बताए ।

फ्रील्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आयआर्जन कुमारी भिसा डेबिट/क्रेडिट एवं प्रिपेड मा सोझै प्राप्त गर्न सक्नेछन् ।

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तहरुलाई तुरुन्त पैसा पठाउने ग्राहकवर्गहरुको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ । यस प्रणाली मार्फत गरिएका प्रत्येक रु. १५,००० भन्दा बढीको भिसा डाइरेक्ट कारोवारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम रु. ५०० प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १० : २४ बजे

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित