मेगा क्यापिटलले खप्तड लघुवित्तलाई शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने | Khabarhub Khabarhub

मेगा क्यापिटलले खप्तड लघुवित्तलाई शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई १,३२,००० कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रियामा रहेको छ ।

उक्त निष्काशन बाँडफाँड पश्चात कम्पनीको शेयरधनीको अभिलेख राख्न, शेयरको धितोबन्धक/रोक्का राख्न, कम्पनीले घोषणा तथा स्वीकृत बोनस शेयरहरुरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, शेयर नामसारी तथा दाखिला खारेज जस्ता शेयर रजिष्ट्रारको सेवा प्रदान गर्नका प्रयोजनार्थ मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई शेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ ।

बुधवार मेगा क्यापिटल मार्केट्स लिमिटेड, त्रिपुरेश्वरमा एक कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड तथा मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौता पत्र हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुरेश बहादुर बमले तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सवीर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सो कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक श्री रणदेव कृष्ण श्रेष्ठ र श्री मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख लगानी अधिकृत श्री शुलभ श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १० : ४२ बजे

सिनेजगतमा प्रवेश सजिलो तर दिगो टिक्न गाह्रोः राजेश हमाल

कर्णाली-नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति

पुनर्निर्माणका लागि खर्च कटौती गर्दै गण्डकी सरकार

गण्डकी- ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेका सरकारी संरचनाको पुनर्निर्माणका लागि

प्रयोगविहीन वृद्धाश्रममा मानसेवा आश्रम सञ्चालन गरिने

ढोरपाटन (बागलुङ)- निर्माण भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन नसकेको

एमाले असम्भव चुनावको पछाडि लाग्दैन: महासचिव पोखरेल

सुर्खेत- नेकपा (एमाले)ले आउँदो फागुन २१ गतेका निम्ति तय प्रतिनिधिसभा

‘स्थायी जनशक्ति नहुँदा सेवा प्रवाहमा चुनौती हुन्छ’

विराटनगर– स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्थायी जनशक्ति अपरिहार्य भएको