टिपरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

टिपरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया चोकमा  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रदेश १—०२—४४ प ६१० नम्बरको मोटरसाइकल बिहीबार बेलुकी साढे ७ बजे सडकमा बसिरहेको चौपायासँग ठोक्किएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख २५२२ नम्बरको टिपरमा ठोकिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङको विराटनगरका अन्दाजी ५० वर्षीय युवराज खतिवडाको उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार मोरङकै विराटनगर उपमहानगरपालिका–१५ का ४७ वर्षीय गौतम महतोको सोही अस्पतालमा उपचार भइरहेको छ ।

टिपरसहित चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ११ : ३२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना