मैवाखोलाद्वारा साढे ३७ करोड बजेट सार्वजनिक | Khabarhub Khabarhub

मैवाखोलाद्वारा साढे ३७ करोड बजेट सार्वजनिक


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कूल ३७ करोड ५४ लाख २२ हजार बजेट सहित नीति कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार मैवाखोलाको ११ औँ गाउँसभा तथा अधिवेशनले  चालुतर्फबाहेकको बजेटलाई पारित गरेको हो । 

सङ्घ तथा प्रदेशको शीर्षकगत बजेटलाई सोहीअनुसार कार्यान्वयन गर्नेगरी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले  जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिँदै आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । गुणस्तरीय शिक्षाका लागि मैवाखोला माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्तरवृद्धि गर्नेसहित पालिकाभरका विद्यालयमा प्रभावकारी शिक्षण गर्ने नीति अघि सारिएको छ । 

यस्तै स्वास्थ्यतर्फ पालिकाभित्रै चिकित्सक उत्पादन गर्ने गरी स्वास्थ्य नीति ल्याइएको छ । कृषिलाई प्राथमिकता दिँदै अर्गानिक पालिकाका बनाउन जोड दिइएको छ । बाँकी आठ पालिकाले भने आज सार्वजनिक गर्ने भएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १२ : ३१ बजे

सिनेजगतमा प्रवेश सजिलो तर दिगो टिक्न गाह्रोः राजेश हमाल

कर्णाली-नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति

पुनर्निर्माणका लागि खर्च कटौती गर्दै गण्डकी सरकार

गण्डकी- ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेका सरकारी संरचनाको पुनर्निर्माणका लागि

प्रयोगविहीन वृद्धाश्रममा मानसेवा आश्रम सञ्चालन गरिने

ढोरपाटन (बागलुङ)- निर्माण भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन नसकेको

एमाले असम्भव चुनावको पछाडि लाग्दैन: महासचिव पोखरेल

सुर्खेत- नेकपा (एमाले)ले आउँदो फागुन २१ गतेका निम्ति तय प्रतिनिधिसभा

‘स्थायी जनशक्ति नहुँदा सेवा प्रवाहमा चुनौती हुन्छ’

विराटनगर– स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्थायी जनशक्ति अपरिहार्य भएको