अमेरिकी तोपखाना प्रणाली आफ्नो मुलुक आइपुगेको युक्रेनी रक्षामन्त्रीको भनाइ « Khabarhub

अमेरिकी तोपखाना प्रणाली आफ्नो मुलुक आइपुगेको युक्रेनी रक्षामन्त्रीको भनाइ


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले प्रदान गरेको लामो दूरीसम्म मार हान्न सक्ने तोपखाना प्रणाली आफ्नो मुलुक आइपुगेको युक्रेनका एकजना मन्त्रीले बताएका छन् ।

युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश जारी गर्दै अमेरिकी तोपखाना प्रणाली आफ्नो मुलुक आइपुगेको जानकारी दिएका हुन् ।

युक्रेनसम्म आइपुगेका नयाँ अमेरिकी तोपखाना प्रणालीमा ‘हाई मोबिलिटी, आर्टिलरी रकेट सिस्टम (हाइमार्स) समावेश रहेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘मेरा अमेरिकी सहकर्मी र साथी रक्षामन्त्री लोइड अस्टिनलाई यी शक्तिशाली औजारहरुका लागि धन्यवाद रुसी अतिक्रमणकारीका लागि यो गर्मी निकै तातो हुनेछ र केहीका लागि यो नै अन्तिम (गर्मी हुनेछ)’ युक्रेनी रक्षामन्त्रीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

युक्रेनी रक्षामन्त्रीले अमेरिकी हतियार युक्रेनसम्म आइपुगेको बताएपनि कति परिमाणमा हतियार आइपुगे भन्नेबारे केही खुलाएका छैनन् ।

युक्रेनले लामो समयदेखि पश्चिमा मुलुकहरुसमक्ष लामो दूरीको एवम् शक्तिशाली तोपखाना प्रणालीको माग गर्दै आएको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ५ : १० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु