धरानमा एक अर्बभन्दा बढी बजेट « Khabarhub

धरानमा एक अर्बभन्दा बढी बजेट


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु एक अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट, नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ । धरानको ११औँ नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गरेका हुन् । कूल बजेटमध्ये चालुतर्फ रु ८३ करोड ३७ लाख ७२ हजार ४४२ र पूँजीगततर्फ रु ८१ करोड ९५ लाख ५० हजार ५५८ र वित्तीय व्यवस्थातर्फ रु तीन करोड २५ लाखको बजेट विनियोजन गरिएको उनले बताए ।

आन्तरिक राजस्वबाट रु २५ करोड, संस्थागत आन्तरिक अनुदान रु पाँच करोड २० लाख, सङ्घीय सरकारबाट रु ८३ करोड चार लाख, प्रदेश सरकारबाट रु तीन करोड ५० लाख ७० हजार, सङ्घीय राजस्व बाँडफाँडबाट रु २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट रु २० करोड र अपुग हुने रु ११ करोड ३० लाख आठ हजार नगद मौज्दात परिवर्तनबाट स्रोत व्यवस्थापन गरिने उपप्रमुख बेघाले बताएका छन् ।

धरान उपमहानगरले खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गरेको उपप्रमुख बेघाले जानकारी दिए । धरानका २० वटै वडाहरूमा प्रशासनिकतर्फ रु दुई करोड ५० लाख र कार्यक्रम तथा पूँजीगततर्फ रु २९ करोड रकम विनियोजन गरिएको छ । सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि रु २९ करोड १० लाख र शिक्षा युवा तथा खेलकुदतर्फ रु ४० करोड ९७ लाख विनियोजन गरिएको छ ।

स्वास्थ्यतर्फ रु चार करोड दुई लाख, सामाजिक विकासतर्फ रु पाँच करोड ८२ लाख २३ हजार, आर्थिक विकासतर्फ रु दुई करोड ७२ लाख तथा वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु एक करोड ६८ लाख बजेट विनियोजन गरिएको बेघाले बताएका छन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : १८ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई