मन्त्री हेरफेर गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन हुँदैन : खतिवडा | Khabarhub Khabarhub

मन्त्री हेरफेर गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन हुँदैन : खतिवडा


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ ।

पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री हेरफेरमा असन्तुष्टि जनाउँदै केही नेताले पार्टी अध्यक्षलाई पत्र बुझाए पनि पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने बताएका हुन्।

उनले शनिबार बस्ने बैठकमा यस विषयमा पार्टी अध्यक्ष माधव कुमार नेपालले थप प्रस्ट पार्ने र मन्त्री परिवर्तन गर्ने यसअघिको निर्णय परिवर्तन नहुने बताए। मन्त्री हेरफेरबारे प्रधानमन्त्री शेरबहादुर देउवाले नभ्याएको जानकारी गराएकाले सपथ हुन नसकेको उनको भनाइ छ ।

बैठकमा पार्टी अध्यक्ष नेपालले अबको निर्वाचनमा गठबन्धनबिच औचित्यका आधारमा मात्रै तालमेल हुने र सबैतिर उम्मेदवारी दिने तयारीसहित लाग्न निर्देशन दिएका प्रवक्ता खतिवडाले बताए। उनले बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको र परिमार्जनसहित केन्द्रीय कमिटीमा पेस गर्ने जानकारी दिए।

पार्टीको केन्द्रीय कमिटी बैठक शनिबार बस्ने र पार्टीको आगामी कार्यदिशाका बारेमा छलफल हुने समाजवादीले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : ११ बजे

‘बाहिनीपति कप–२०८१’को उपाधि इलामलाई

सुनसरी – बाहिनीपति कप–२०८१ को उपाधि सशस्त्र प्रहरीबल नेपाल नं

गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन

गोरखा – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन

बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु

गोरखा – बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१,

अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं – नेकपा माओवादी केन्द्रले विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको

फाइनल गुमाउँदा स्तब्ध नेपाल (तस्बिरहरु)

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार