फेरि एकपटक प्रधानमन्त्री हुने प्रचण्डको चाहना « Khabarhub

फेरि एकपटक प्रधानमन्त्री हुने प्रचण्डको चाहना


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको नेतृत्व गर्ने अवसर पाए एउटा नयाँ युगतिर देशलाई लैजाने बताएका छन्।

शुक्रबार नेपाल पर्वतारोहण संघले काठमाडौँमा गरेको कार्यक्रममा प्रचण्डले परिवर्तनको वास्तविक महसुस जनताले गर्न नसकेको भन्दै फेरि अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाए नयाँ युगतिर देशलाई लैजाने सपना साकार पार्ने बताएका हुन् ।

उनले आफ्नै नेतृत्वका परिवर्तनका लागि हजारौँको बलिदानी भएकाले उनीहरूको सपनालाई त्यसै खेर जान नदिने जिकिर गरे। पहिलो चोटि प्रधानमन्त्री हुँदा धेरै कुरामा बिचार गर्दै ९ महिना बितेको उनले बताए । दोस्रो पटक प्रधानमन्त्री हुँदा धेरै चिज सुधार गर्ने प्रयास गरेको समेत उनले बताए । प्रचण्डले मुलुकलाई विकास र समृद्धितर्फ अघि बढाउनका लागि बामपन्थीहरुको एकता गरे पनि सफल हुन नसकेको धारणा राखे।

कार्यक्रममा संघका तर्फबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : ४० बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका