तुलसीपुर उपमहानगरको बजेट एक अर्ब ८६ करोड « Khabarhub

तुलसीपुर उपमहानगरको बजेट एक अर्ब ८६ करोड


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ : तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । उपमहानगर उपप्रमुख स्यानी चौधरीले रु एक अर्ब ८६ करोड ४७ लाख ७९ हजारको अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

आन्तरिक स्रोतबाट ३० करोड १२ लाख, स्थानीय तह राजस्व बाँडफाँट मालपोत रजिष्ट्रेशनबाट १० करोड, अल्या बैंक मौज्दात चार करोड ५० लाख गरी कूल आन्तरिक आम्दानी ४४ करोड ६२ लाख अनुमान गरिएको छ ।

त्यस्तै सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान ३३ करोड ६२ लाख, सःशर्त अनुदान ६२ करोड ९१ लाख, समपूरक अनुदान रु एक करोड ६० लाख, विशेष अनुदान एक करोड ३० लाख र राजस्व बाँडफाँट रकम २३ करोड ५५ लाख तीन हजार रहेको उपप्रमुख चौधरीले जानकारी दिए ।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान एक करोड ५६ लाख, सःशर्त अनुदान एक करोड ६० लाख, समपूरक अनुदान तीन करोड, विशेष अनुदान ८० लाख र राजस्व बाँडफाँट तीन करोड ३१ लाख ७६ हजार र अन्य सङ्घसंस्था अनुदानमा नगरविकास कोष ऋण रु सात करोड, युनिसेफ अनुदान ६० लाख र सडक बोर्ड नेपाल रु एक करोड प्राप्त हुने अनुमान गरिएको छ । रासस

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : ३२ बजे

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका

‘होल्डिङ सेन्टरमा बालकबालिकाका लागि सरकारको पहल सकारात्मक’

काठमाडौं– विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका