असार १५ र १६ गते पुस्तकालयको दोस्रो राष्ट्रिय सम्मेलन तयारी « Khabarhub

असार १५ र १६ गते पुस्तकालयको दोस्रो राष्ट्रिय सम्मेलन तयारी


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पुस्तकालय क्षेत्रका विद्यमान समस्याको समाधानका लागि समीक्षा गर्न सार्वजनिक र सामुदायिक पुस्तकालयको दोस्रो राष्ट्रिय सम्मेलन यही असार १५ र १६ गते काठमाडौँमा हुने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रिड नेपाल र जापानी संस्था शान्ति भोलेन्टियर एशोसिएशनको सहकार्यमा हुने उक्त सम्मेलनमा पुस्तकालयबारे गरिएको तथ्याङ्कसहितको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले विश्वका विकासशील र विकसित धेरै मुलुकले सार्वजनिक पुस्तकालय सञ्चालनले सबै जाति, वर्ग, भाषी, लिङ्ग, धर्म र उमेर समूह तथा पेसा व्यावसायीलाई सेवाको ढोका खुल्ला राख्ने भएकाले यसको प्रयोग र विस्तार आवश्यक भएको बताए ।

सूचना प्रविधिको विकाससँगै पठन संस्कृतिमा देखिएको कमीप्रति चिन्ता व्यक्त गर्दै रिड नेपालका अध्यक्ष भोला श्रेष्ठले सम्मेलनमा पुस्तकालयको विकास, विस्तार र प्रभावकारिताबारे छलफल गरिने जानकारी दिए । नेपालमा सन् १९९१ मा सोलुखुम्बुको जुनीबेँसीमा पहिलो सामुदायिक पुस्तकालय स्थापना भएको थियो । नेपालमा औपचारिक रूपमा विसं १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरी २०६५ सालदेखि हरेक भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आइएको छ ।

तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सनदपत्र जारी गरेका थिए । हाल देशभर सामुदायिक र सार्वजनिक गरी करिब ५०० पुस्तकालय छन् । हालसम्म संस्थागत (कार्यालयगत) पुस्तकालयको आँकडा र पुस्तकालयको विधागत वर्गीकरण भने गरिएको छैन ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ११ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै