धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने | Khabarhub Khabarhub

धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने भएको छ । आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले ‘स्वस्थ शहर धुलिखेलको बहार, जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य उपचार’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिने बताए । स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न ‘एनसिडी’ कार्यक्रममार्फत दीर्घरोगीलाई घरघरमा औषधि पुर्‍याउने तथा स्वास्थ्य परीक्षण व्यवस्थापन गरिने भएको छ । स्वास्थ्य सूचना केन्द्रलाई अझ बढी प्रभावकारी बनाई स्वास्थ्य सूचनामा जनताको पहुँच विस्तार गर्न ‘ड्यासबोर्ड’ कार्यक्रम सञ्चालन गरिने र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा नमूनायोग्य क्रियाकलाप सञ्चालन गर्ने नीतिलाई अगाडि सारिएको छ ।

आत्महत्या नियन्त्रणका लागि मानसिक तथा मनोसामाजिक नीतिअनुरूप उपचारको अभियानको कार्यक्रमलाई तीव्रता दिइने, स्वास्थ्य क्षेत्रमा विश्वस्वास्थ्य सङ्गठनलगायत बहुक्षेत्रगत स्वास्थ्य अभियान सञ्चालन गरी बहुआयामिक र दिगो स्वास्थ्य सेवाको सुनिश्चितता गरिने, काभ्रे भञ्ज्याङमा निर्माणाधीन नगर अस्पतालको बाँकी कार्यसम्पन्न गरी चालू आवबाट सञ्चालनमा ल्याइने र अस्पतालमा सरुवा रोग तथा डाइलासिस सेवाको उपलब्धताका लागि आवश्यक व्यवस्था गरिनेछ । नगरका उपयुक्त स्थानमा आवश्यकताअनुरुप ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र र बालबालिका हेरचाह गृह स्थापना गरिने, आयुर्वेद औषधालयको भवन निर्माण सम्पन्न गरी औषधालयको सेवालाई आयुर्वेद अस्पतालका रुपमा विस्तार गरिने भएको छ ।

महिला स्वयंसेविका स्वास्थ्य समन्वय समितिलाई तालिम प्रदान गरी स्वास्थ्य सेवा अभिवृद्धि गरिने र नगर क्षेत्रका महामारी प्रभावित, अतिअशक्त विपन्न नागरिक, सुत्केरी, गर्भवती तथा प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुनिश्चित गरिने छ ।

त्यसैगरी शिक्षा क्षेत्रको विकासका लागि बहुप्रतिभा पहिचान तथा विद्यार्थीको चौतर्फी विकास गर्न विविध विधागत कक्षा सञ्चालनका लागि यात्री शिक्षकको व्यवस्था गरिने र उच्च शिक्षाअन्तर्गत स्नातक तह अध्ययन गर्ने धुलिखेल नगरपालिकाका स्थायी बासिन्दालाई मासिक पढाइ शुल्क पूर्ण निःशुल्क र अन्य स्थानीय तह वा जिल्लाबाट धुलिखेलमा अध्ययन गर्ने विद्यार्थीका लागि कलेज र नगरपालिकाको लागत साझेदारीमा ५० प्रतिशत शुल्क मिनाहाका लागि अनुदानको व्यवस्थालाई यस वर्षसमेत निरन्तरता दिइनेछ ।

त्यस्तै खेलकुदतर्फ नगरमा बसोबास गरेका जिल्ला तथा राष्ट्रियस्तरका खेलाडीको रु एक लाख बराबर रकमको दुर्घटना बीमा नगरपालिकाबाट गरिने छ । लैङ्गीक हिंसा रोकथाम तथा न्यूनीकरणका क्रियाकलाप सञ्चालन गरिने तथा ज्येष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरणका माध्यमबाट ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई समृद्ध नगर निर्माणका लागि उपयोग गरिनेछ । पूर्वाधारतर्फ नगरक्षेत्रका सबै सघन बस्तीस्तरसम्म बाह्रै महिना सवारी आवागमन हुनसक्ने गरी सडक सञ्जालको निर्माण गरिने र सबै घरधुरीबाट १५ मिनेटको दुरीभित्र सडकको पहुँच विस्तार गर्ने गरी सडक रेखाङ्कन गरिने । साहसिक खेललाई प्रोत्साहन तथा प्रवर्द्धनका लागि सरोकारवालाको सहकार्यमा नगरको देविटारमा माउन्टेन स्पोर्टस् तालिम केन्द्र निर्माणको आवश्यक अध्ययन गरिने भएको छ ।

त्यसैगरी पर्यटन विकासतर्फ देवीस्थान पार्कको बाँकी काम पूर्णरुपमा सम्पन्न गरी नमूना पार्कका रुपमा विकास गरिने र उक्त पार्कमा निर्मित भवनमा जातजातिको पहिचान झल्कने वेशभूषा तथा परम्परागत सामग्रीको प्रदर्शनीस्थल राख्ने व्यवस्था मिलाइने छ । कृषि क्षेत्रको विकासका लागि बैंकसँगको समन्वयमा कृषि कार्डमार्फत बिनाधितो कृषि ऋण उपलब्ध गराउन समन्वय गरिने र यसबमोजिम प्रवाह गरिने ऋणमा लाग्ने व्याजमा आवश्यक अध्ययन गरी अनुदानको व्यवस्था गरिने, कृषि र पशु प्राविधिकको दक्षता अभिवृद्धि गरी प्रविधिको प्रयोगमार्फत किसानलाई कार्यस्थलमा नै तत्काल सेवा प्रवाह गर्ने प्रबन्ध गरिने योजना अघि सारेको छ ।

नगरपालिकाले पशु विकासतर्फ नगरलाई दूध र मासु तथा फुलमा आत्मनिर्भर बनाउन उपयुक्त भूगोललाई गाईभैँसी र बाख्रा, कुखुरा पकेट क्षेत्रका रुपमा विकास गरिने छ । शुक्रबार सम्पन्न नगरसभाको एघारौँ अधिवेशनबाट नगरपालिकाले रु एक अर्ब ३५ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ । सोअन्तर्गत चालुतर्फ रु ६४ करोड तीन लाख आठ हजार छ भने पूँजीगततर्फ रु ७० करोड ५६ लाख ९२ हजार र वित्तीय व्यवस्थातर्फ ४० लाख रहेको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ४ : ३५ बजे

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४