कहिले आउँछ ‘असुर २’ ? « Khabarhub

कहिले आउँछ ‘असुर २’ ?


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस (कोभिड – १९) अगावै ओटीटी प्लेटफर्मले विस्तारै दर्शकको साथ पाउन थालेका थिए । तर, उक्त समयमा हलमा रिलिज भएका र केही ओर्जिनल कन्टेन मात्र पाइन्थ्यो ।

किनकी दर्शकलाई ओटीटी प्लेटफर्मले खासै तानिसकेको थिएन । यद्यपि केही सिरिजले भने प्लेटफर्मलाई नै चर्चामा ल्याई रहेका थिए । सैफ अलि खान र नवाजुद्दीन सिद्द्की अभिनीत सेक्रेड गेम्सले नेटफ्लिक्स, अलि फजल र पंकज त्रिपाठी अभिनीत मिर्जापुरले अमेजन प्राइम, कुनाल खेमु अभिनित अभयले जी फाइभ, स्वप्निल जोशी अभिनीत समान्तरले एमएक्स प्लेयरलाई दर्शक माझ अगाडि ल्यायो ।

यस्तैमा पर्छ सिरिज असुर । यसले नामै नसुनेको ओटीटी प्लेटफर्म भुट सेलेक्टलाई दर्शक माँझ परिचित गरायो । विज्ञान र मिथको सम्मिश्रण गरी बनाइएको क्राइम थ्रिलर विधाको यो वेब सिरिज सन् २०२० मा रिलिज हुँदा सामाजिक सञ्जालमा तरङ ल्याउन सफल भएको थियो । सिरिजले दर्शकलाई उत्साहित मात्र बनाएन , दोस्रो भागको प्रतीक्षामा समेत राख्यो । तर, दोस्रो भाग छायांकन भइसकेको लामो समय भएता पनि अझै प्रदर्शनमा आउन सकेको छैन । 

यद्यपि सामाजिक सञ्जालमा असुरको दोस्रो सिजन आउँदो महिना जुलाई वा अगस्टमा स्ट्रिमिङ हुन् सक्ने चर्चा बढेको छ । यो चर्चा बढेसँगै फ्यान उत्साहित भएका छन् । केही भारतीय मिडियाले पनि फुटवलको वर्ल्डकप अगाडि नै सिरिज ओटीटीमा आउने जनाएका छन् । सिरिजमा अरसद वारसी मुख्य भूमिकामा छन् । अनुसन्धान अधिकृतको भूमिका निर्वाह गरेका अरसदलाई वरुण सोबतीले साथ दिएका थिए । सिरिजमा रिधी डोगरा, अनुप्रिया गोयन्का, शरिब हासमी आदि कलाकारले दोस्रो सिजन पनि निरन्तरता पाउनेछन् ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ५ : ०६ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि