गोदावरी नगरपालिकामा दुई अर्ब ३७ करोड बजेट « Khabarhub

गोदावरी नगरपालिकामा दुई अर्ब ३७ करोड बजेट


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर रु दुई अर्ब ३७ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार नगरपालिकाको ११ औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा रु ३५ करोड बजेट विनियोजन गरिएको छ । यस्तै प्रशासनिक खर्च रु ३० करोड तथा शिक्षातर्फ रु पाँच करोड र स्वास्थ्यतर्फ रु तीन करोड विनियोजन गरिएको छ ।

कृषिमा रु एक करोड ५० लाख, विपद् व्यवस्थापनमा रु एक करोड ९० लाख विनियोजन गरिएको छ । मर्मत खर्च रु तीन करोड, टेक्निकल कलेज निर्माणमा रु चार करोड, ठेचो छम्पी खर्सी पुलका लागि रु चार करोड, खानेपानीमा रु चार करोड फोहर व्यवस्थापनका लागि रु दुई करोड, सम्पदा पोखरी संरक्षणमा रु तीन करोड बजेट विनियोजन गरिएको छ । नगरपालिकाको नीति तथा कार्यक्रममा दीर्घकालीन सोचका रुपमा ‘कृषि पूर्वाधार र पर्यटकीय नगरी, समावेशी, स्वच्छ र समृद्ध गोदावरी’ भन्ने नाराका साथ कृषि, पर्यटन सामाजिक विकास र दिगो भौतिक पूर्वाधारको निर्माणसहित गोदावरी नगरलाई समृद्ध र उन्नत बनाउने दीर्घकालीन सोच रहेको छ ।

नगर उपप्रमुख अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि, पर्यटन, उद्योगको एकीकृत विकास गर्दै समुन्नत र हरित सहरको निर्माण गरी सुखी/खुसी नगरका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको नीति कार्यक्रमले कृषि क्षेत्र र पर्यटन क्षेत्रको विकास तथा विस्तार एवं व्यवसायिकरण गर्ने उद्देश्य लिइएको छ । 

विद्यालय शिक्षालाई अझ गुणस्तरीय र नतिजामुखी बनाउने, नगरपालिका क्षेत्रमा आधारभूत सहरी पूर्वाधार विकास गरी समुन्नत नगरका रुपमा विकास गर्ने, नगरक्षेत्रमा आन्तरिक स्रोत, साधन, अवसर र क्षमताको उच्चतम् उपयोग गरी आर्थिक वृद्धि तथा आर्थिक विकास गर्ने र नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय बनाइ नगरमा सुशासन प्रवर्द्धन गर्ने भनिएको छ । 

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ५ : ३४ बजे

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ