इङ्ग्ल्यान्डका रोयले विश्वकपका २ खेल गुमाउने « Khabarhub

इङ्ग्ल्यान्डका रोयले विश्वकपका २ खेल गुमाउने


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गर्दै जसन रोयले आराम पाएका छन् ।

ह्यामस्ट्रिङले सताएपछि उनी २ खेलमा अनुपस्थित हुने पक्का भएको छ । रोयले मंगलबार हुने अफगानिस्तानविरुद्धको खेल र शुक्रबार हुने श्रीलंकाविरुद्धको खेल गुमानेछन् ।

उनले यसअघि इङ्ग्ल्यान्डका लागि बंगलादेशविरुद्ध जीत निकाल्दा उत्कृष्ट ब्याटिङ गर्दै शतकसहित १ सय ५३ रन बनाएका थिए । यस्तै, दक्षिण अफ्रिकाविरुद्ध जीत निकाल्दा पनि रोयले ५४ रनको योगदान टोलीलाई दिएका थिए ।

मंगलबार अफगानिस्तानसँग खेल्न लागेको इङ्ग्ल्यान्डको टोली भने तयार रहेको कप्तान इयोन मोर्गनले बताएका छन् । प्री म्याच कन्फ्रेन्समा बोल्दै उनले रोयलाई मैदानमा मिस गर्ने बताए पनि अफगानिस्तानविरुद्ध खेल्न टिम तयार रहेको बताएका छन् ।

इङ्ग्ल्यान्ड ४ खेलबाट ६ अंक बनाउँदै अंक तालिकाको चौथौ स्थानमा छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ६ : १९ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर