मर्स्याङ्दी नदीमा विपद्सम्बन्धी  नमुना अभ्यास « Khabarhub

मर्स्याङ्दी नदीमा विपद्सम्बन्धी  नमुना अभ्यास


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको मर्स्याङ्दी नदीमा विपदसम्बन्धि घटनाबारे नमुना अभ्यास गरिएको छ । ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा उक्त नमुना अभ्यास गरिएको हो । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीले नमुना अभ्यास गरेका थिए । मध्यमर्स्याङ्दीका जलाशयमा बाढीले बगाएकाहरूको उद्धारका लागि नमुना अभ्यास चलिरहँदा स्थानीय सहभागी एकनासले अवलोकन गरिरहेका थिए । 

 

बर्खाको समयमा बाढीपहिरोले जनधनको क्षति पुर्‍याउन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले शनिबार मानिसलाई बाढीले बगाएपछि उद्धारको कृत्रिम घटना अभ्यास गराएको हो ।  विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार बर्खाको समयमा बाढीपहिरोले मानिसलाई बगाउँदा सुरक्षाकर्मीले गर्ने उद्धारलाई अभ्यास र तालिमको रूपमा प्रस्तुत गरिएको बताए ।

बाढीपहिरोले लमजुङ जोखिमयुक्त जिल्ला हो । गतवर्ष पनि मर्स्याङ्दी र दोर्दी खोलाले क्षति पुगायो । जोखिम जहिले पनि हुनसक्छ । विपद्का घटनापछि उद्धारलाई प्रभावकारी बनाउन नमुना अभ्यास गरेका हौं,’ उनले भने, ‘यसले सुरक्षा निकाय तयारी अवस्था छौं भन्ने सन्देश पनि दिएको हो ।’

भविष्यमा आइपर्ने घटनामा परिचालित हुन, उद्धार गर्न सुरक्षा निकाय तत्पर छ भन्ने सन्देश दिन अभ्यास गराइएको उनले बताए । प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले विपद्को समय सुरक्षा निकायमा छिटो जानकारी गराउँदा सकुशल उद्धार हुनेबारे सन्देश मूलक नमुना अभ्यास गरिएको बताए  । उनका अनुसार जल प्रकोपबाट प्रभावित नागरिकको उद्धार समयमै हुन आवश्यक रहेकाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी टोलीले १२ दिनसम्म मर्स्याङ्दी नदीमा तालिम लिएका थिए । 

उद्धार टोलीका संयोजक उदीपुरस्थित चण्डीप्रसाद गणका क्याप्टेन प्रदीप थापाले जल प्रकोपको सचेतनाका लागि नमुना अभ्यास गराइएको बताए । कार्यक्रममा सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइराला, र्‍यायाफ्टिङ गाइड समेत रहेका दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले उद्धारकर्मीहरू आफू नै सचेत भएर जानुपर्ने र सबैखाले उद्धार सामग्रीको प्रयोग गरेर मात्रै उद्धारकर्ता खटिन सुझाव दिएका थिए ।

 

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ६ : ३४ बजे

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ