इङ्ग्ल्याण्डसामु आज अफगानिस्तानको परीक्षा « Khabarhub

इङ्ग्ल्याण्डसामु आज अफगानिस्तानको परीक्षा


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पछिल्ला २ वटै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लयमा रहेको इङ्ग्ल्यान्डसँग आज (मंगलबार) अफगानिस्तानले खेल्दैछ । म्यान्चेस्टरस्थित वर्ल्ड ट्रार्फोड क्रिकेट मैदानमा हुने खेलमा विश्वकपमा कमजोर प्रदर्शन गर्दै आइरहेको अफगानिस्तानले घरेलु टोलीसँग खेल्न लागेको हो ।

घरेलु टोली इङ्ग्ल्यान्डले पछिल्ला २ खेल मध्ये एक खेलमा १०६ रनले जीत हात पारेको छ भने अर्को खेलमा ८ विकेटको शानदार जीत निकाल्दै उत्कृष्ट लय देखाएको छ । यस्तै अफगानिस्तानविरुद्ध पनि जीतलाई निरन्तरता दिने घरेलु टोलीको लक्ष्य छ । तर, अफगानिस्तानविरुद्धको खेलमा इङग्ल्याण्डका जसन रोय मैदानमा हुने छैनन् ।

ह्यामस्टीङले सताएपछि उनले दुई खेल गुमाएका छन् । यस्तै, कप्तान इयोन मोर्गनसमेत फिट नभएकाले अफगानस्तानविरुद्ध खेल्ने नखेल्ने निश्चित भएको छैन । यद्यपी उनले अफगानिस्तानविरुद्धको खेलका लागि टोली तयार रहेको बताएका छन् । अफगानिस्तानले इङ्ग्ल्यान्डको चोटबाट फाइदा उठाउन सके जीत निकाल्न सक्नेछ ।

प्लेयर्स टु वाच

जोनी बेरिस्टो (इङ्ग्ल्याण्ड)

पछिल्ला तीनवटै खेलमा उत्कृष्ट शुरुवात गर्दै टिमको ब्याटिङलाई सहज बनाउँदै आएका बेरिस्टाले अफगानिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने अनुमान लगाइएको छ । मंगलबार हुने खेलमा रोयले नखेल्दा बेरिस्टोले टिमको ब्याटिङ अर्डर सम्हाल्नु पर्ने जिम्मेवारी उनीमाथि छ ।

रशिद खान (अफगानिस्तान)

विश्वकपमा अपेक्षित खेल पस्कन नसकेका अफगानिस्ताका स्पिनर राशिदबाट घेलु टोलीविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शनको अपेक्षा टोलीले गरेको छ ।

दक्षिण अफ्रिकाविरुद्धको खेलमा राशिदले मात्रै ७ ओभर बलिङ गर्ने अवसर पाएका थिए । लगातारको हारले विश्वकपबाट सिँधै पन्छिन लागेको अफगानिस्तानलाई जीत दिलाउन उनको महत्वपूर्ण योगदानको आवश्यकता छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ८ : ३६ बजे

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य