अवैध लागूऔषध सहित छ जना पक्राउ « Khabarhub

अवैध लागूऔषध सहित छ जना पक्राउ


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कञ्चनपुर, मोरङ र कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित छ जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ सालघारीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४८ ग्राम ४५ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका–७ हल्दुखाल बस्ने २६ वर्षीय किशन दमाई रहेका छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा किशनलाई नगद १० हजार ३० रुपैयाँ र उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको बुढीगंगा गाउँपालिका–६ घेराबनीबाट करिब ८ केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दर हरैँचा नगरपालिका–३ बस्ने ४५ वर्षीय नेत्र भट्टराई रहेका छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र राना, २१ वर्षीय सुरज राना र २ जना १८ वर्षीय किशोर रहेका छन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ३ : ४४ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा