अविरल वर्षाका कारण बद्रीनाथ राजमार्ग अवरुद्ध « Khabarhub

अविरल वर्षाका कारण बद्रीनाथ राजमार्ग अवरुद्ध


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाढी र पहिरोका कारण भारत उत्तराखण्डको बद्रीनाथ राजमार्ग अवरुद्ध भएको छ ।

शनिबार राति परेको अविरल वर्षासँगै बिराही र पागल नालामा बाढी र पहिरोसहित विशाल चट्टान खसेपछि बद्रीनाथ राजमार्ग फेरि अवरुद्ध भएको हो ।

स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार राजमार्गको जीर्णोद्धार तथा चट्टान पन्छाउन सडक प्रभागका कर्मचारी क्रियाशील छन् ।

अघिल्लो महिना पनि उत्तराखण्डको कर्णप्रयागको पाँचपुलिया नजिकैको बद्रीनाथ मार्गमा पहाडबाट ढुङ्गा खसेपछि यातायात अवरुद्ध भएको थियो ।

हनुमानचट्टी नजिक ढुङ्गा खस्दा र लाम्बागाड नालामा पानी बढेपछि त्यस दिनको सवारी आवागमन केही घण्टाअघि मात्र ठप्प भएको थियो ।

अलकनन्दा नदीको किनारमा अवस्थित भगवान् विष्णुको पवित्र धाम बद्रीनाथमा वर्सेनि धेरै श्रद्धालु तीर्थयात्री पूजार्चनाका निम्ति जाने गरेका छन् । बद्रीनाथसहित यमुनोत्री, गङ्गोत्री र केदारनाथ पवित्र चारधाम मानिन्छन् । वर्षको छ महिनामात्र बद्रीनाथ धाम खुला हुने गरको छ ।

बद्री–केदार मन्दिर समितिले असार ४ गते दिएको जानकारी अनुसार बद्रीनाथमा सात लाख ६० हजारभन्दा बढी र केदारनाथमा सात लाख २७ हजार, गङ्गोत्रीमा तीन लाख ८४ हजार, यमुनोत्रीमा दुई लाख ९४ हजारले दर्शन गरेका थिए । यो वर्षको तीर्थयात्राका क्रममा हालसम्म ९१ जनाको ज्यान गएको छ ।

यो वर्ष १० लाख तीर्थयात्रीले यात्राका निम्ति सरकारसँग अनुमति लिएका थिए । यति धेरै सङ्ख्यामा तीर्थयात्रीले स्थानीय प्रशासनसँग अनुमति लिएर नयाँ कीर्तिमान कायम गरेका अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : ४८ बजे

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको