इजरायली प्रधानमन्त्रीकी श्रीमतीद्वारा सरकारी रकम दुरुपयोग गरेको स्वीकार | Khabarhub Khabarhub

इजरायली प्रधानमन्त्रीकी श्रीमतीद्वारा सरकारी रकम दुरुपयोग गरेको स्वीकार


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूकी श्रीमती सारा नेतान्याहूले सरकारी रकमको दुरुपयोग गरेको स्विकारेकी छिन् । प्रधानमन्त्री निवासमा भान्से नभएको बहाना देखाउँदै बाहिर खानामा ९९ हजार ३ सय अमेरिकी डलर खर्च गरेको आरोप लागेको थियो । यसमा आफ्नो संलग्नता रहेको उनले स्वीकार गरेकी हुन् ।

अघिल्लो वर्ष उनीविरुद्ध ठगी गरेको र विश्वास तोडेको आरोपमा मुद्दा दायर गरिएको थियो । अब उनले १५ हजार अमेरिकी डलर सरकारलाई फिर्ता गर्नुपर्ने जनाइएको छ । जेरुसलेम पोष्ट पत्रिकाका अनुसार अब उनको नाममा आपराधिक अभिलेख पनि राखिने छ ।

समाचारमा जनाइएअनुसार अब सारा नेतान्याहूले १२ हजार चार सय ९० डलर सरकारलाई फिर्ता गर्नुपर्ने हुन्छ । उनीमाथि दुई हजार सात सय ७७ डलरको जरिवाना पनि लगाइएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : ३२ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो