रविको भनिएको तस्बिरबारे कास्की प्रहरीले भन्यो– ‘अनुसन्धान भइरहेको छ’ « Khabarhub

रविको भनिएको तस्बिरबारे कास्की प्रहरीले भन्यो– ‘अनुसन्धान भइरहेको छ’


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतमा सुतिराखेको भनिएको सिसिटिभी क्यामेरा तस्बिरबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

उक्त तस्बिर ‘फेक’ हो या वास्तविक हो भन्ने चर्चा भइरहेका बेला कास्की प्रहरीले तस्बिरबारे अनुसन्धान भइरहेको बताएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले तस्बिरबारे अनुसन्धान भइरहेको बताए । उनले भने, ‘तस्बिर मैले खिचेको हो भनेर एकजना व्यक्तिले सामाजिक सञ्जालमा हाल्नुभएको छ उहाँ बारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

तस्बिरबारे रास्वपाका कार्यकर्ता समेत रहेका डाक्टर निकोलस भुसालले तस्बिर आफूले खिचेको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन्।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ११ : १६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल