‘म्याडभेन्चर’ जोडिए स्याडोका स्वप्निल « Khabarhub

‘म्याडभेन्चर’ जोडिए स्याडोका स्वप्निल


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता अनुप बिक्रम शाहीको संचालन र सौगातमान सिंह बस्नेतको निर्देशन रहने एडभेन्चर रियालटी शोको नाम ‘म्याडभेन्चर’ राखिएको छ । निर्देशक बस्नेतले शोको नाम ‘म्याडभेन्चर’ जुरेको जानकारी दिए । यात्रा र एडभेन्चरमा म्याडनेस थपेर रोचक र रोमाञ्चक यात्रा गराउने शो भर्सटाइल अभिनेता शाहीले ५ एपिसोडमा फरक फरक स्थानको परिचय दिनेछन् ।

रोचक शैलीमा निर्माण हुने शोको गीत र संगीतका लागि नेपाली रक संगीतमा चर्चित ब्याण्ड ‘स्याडोज’ का सदस्य स्वप्निल शर्मा भित्रिएका छन् । शर्माका अलवा प्रसिद्ध टिम फज फ्याक्ट्रीका रोहित शाक्य पनि टिममा रहने निर्देशक बस्नेतले बताए । यात्रा, संगीत र एडभेन्चरले भरिपूर्ण यस शोको अझै तयारी भइरहेको छ र रोचक बनाउन कुनै कसुर बाँकी नराखिने निर्देशक बस्नेतको भनाई रहेको छ । प्रचार प्रसार समेत नयाँ ढंगबाट भइरहेको शो नेपाली ट्राभल तथा टुरिजम क्षेत्रका लागि एउटा महत्त्वपूर्ण दस्ताबेज हुने निर्माण टिमको विश्वास रहेको छ ।

अङ्ग्रेजी र नेपाली दुवै भाषामा निर्माण हुने शोको पहिलो चरणमा ५ भाग निर्माण हुनेछ । यी भागमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का बिषय समेटिनेछ । ‘शोमा थुप्रै पिकहरु चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उद्देश्य हाम्रो रहेको छ’ निर्देशक सौगातले थपे ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ७ : ४९ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत