सिरियामा विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तिमा १२ जनाको मृत्यु « Khabarhub

सिरियामा विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तिमा १२ जनाको मृत्यु


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमास्कस- सिरियाको अलेप्पो प्रान्तमा सिरियाली विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तिमा १२ जनाको ज्यान गएको छ । अलेप्पो प्रान्तको अल–वाहिदी गाउँमा भएको क्षेप्यास्त्र आक्रमणमा अरु १५ जना घाइते भएका छन् । आक्रमणमा मारिनेमा ५ जना बालबालिका रहेको जनाइएको छ ।

सिरियाली सरकारी समाचार संस्था (साना) का अनुसार अल-कायदासम्बद्ध हायात तहरिर अल-शामले उक्त आक्रमण गरेको हो ।

अलेप्पोको ग्रामीण इलाकामा लुकेर बसेका विद्रोहीले आक्रमण गरेको हुनसक्ने सिरियाली गृहयुद्धको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स नामक संस्थाले जनाएको छ ।

पछिल्लो समय सेनाले विद्रोहीविरुद्ध हामा, इडलिब तथा अलेप्पो प्रान्तमा सैनिक कारवाहीलाई तीव्र पारिरहँदा पछिल्लो आक्रमण भएको हो ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : ३८ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित