युक्रेनको क्षेप्यास्त्र कारखानामा प्रहार गरेको रूसी रक्षा मन्त्रालयको दाबी « Khabarhub

युक्रेनको क्षेप्यास्त्र कारखानामा प्रहार गरेको रूसी रक्षा मन्त्रालयको दाबी


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रूसले युक्रेनको क्षेप्यास्त्र कारखानामा प्रहार गरेको रूसी रक्षा मन्त्रालयले दाबी गरेको छ । स्थानीय समयअनुसार आइतबार बिहानै युक्रेनी राजधानी किभस्थित क्षेप्यास्त्र कारखानामा प्रहार गरेको हो ।

रूसी रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘आर्टयोम कारखाना ‘सैन्य आधारभूत संरचनाको लक्ष्य थियो । यद्यपि युक्रेनी वायु रक्षा प्रणालीले आक्रमणको प्रतिरक्षा गर्दा नजिकैको आवासीय भवनमा क्षति पुगेको छ ।”

रूस–युक्रेन युद्ध सुरू भएको करिब पाँच महिना पुग्न लाग्दासम्म पनि दुई देशबीचको युद्ध रोकिने कुने सङ्केत देखिएको छैन । योबीचमा दुबै पक्षका गरी हजारौँ व्यक्तिको मृत्यु भएको अनुमानहरू गरिएको छ । यद्यपि युद्धका कारण क्षतिको वास्तविक लेखाजोखा भने आउन सकेको छैन ।

शनिवार युक्रेनले हप्तौँको भीषण लडाइँपछि रुसी सेनाले सेभेरोडोनेट्स्कलाई ‘पूर्ण रूपमा कब्जा गरेको’ बताएको थियो । रूसले पूर्वी युक्रेनको उक्त सहर नियन्त्रणमा लिएपछि लगभग लुहान्स्क र डोनेट्स्क क्षेत्रका थुप्रै भूभाग नियन्त्रणमा राख्न सक्छ । डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई डोन्बास भनिन्छ जुन एउटा ठूलो औद्योगिक क्षेत्र पनि हो ।

शनिबार साँझको भिडियो सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका ‘आफ्ना सबै सहरहरू’ फिर्ता लिने दाबी गरेका छन् ।

तर उनले रुससँगको युद्ध भावनात्मक रूपमा कठिन चरणमा प्रवेश गरेको र अझै कति प्रहार र नोक्सानी हुन्छ भन्ने यकिन नभएको बताए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ८ : २४ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत