समीक्षा बैठक डाकेर पार्टीले मन्त्री फेर्ने निर्णय सुनाएको रामकुमारी झाँक्रीको आरोप « Khabarhub

समीक्षा बैठक डाकेर पार्टीले मन्त्री फेर्ने निर्णय सुनाएको रामकुमारी झाँक्रीको आरोप


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हालै राजीनामा दिएकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो पार्टीले समीक्षा बैठक डाकेर मन्त्री फेर्ने निर्णय सुनाएको आरोप लगाएकी छिन् ।

आज पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले पार्टीले मन्त्री फेर्नुअघि छलफल गर्ने अपेक्षा गरेको भएपनि अध्यक्षले एकतर्फी रुपमा छलफल नै नगरी निर्णय गरेको बताइन् ।

यसअघि नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी थिइन् । उनीसँगै आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि मन्त्रीबाट राजीनामा दिएका छन् ।

मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा रामकुमारी झाँक्री भावुक बनेकी थिइन् । कार्यक्रम भावुक हुँदै झाँक्रीले आँसु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो ।

उनले मन्त्रालयमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ८ : ३९ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत