भन्सारबाट सामान ढुवानी गर्दा विवरण नबुझाए ५० हजार जरिवाना « Khabarhub

भन्सारबाट सामान ढुवानी गर्दा विवरण नबुझाए ५० हजार जरिवाना


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजस्व अनुसन्धान विभागले मालबहाक गाडीबाट सामान ओसारपसारलाई व्यवस्थित बनाउनका लागि वेव पोर्टल कार्यान्वयनमा ल्याएको छ । राजस्व अनुसन्धान विभागले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी मालबहाक गाडीबाट सामान ओसारपसारको कामलाई सहज बनाउने उद्देश्यका साथ तयार पारिएको वेब पोर्टल असार १ गतेबाटै संचालनमा ल्याइएको जानकारी दिएको हो ।

परीक्षणको रुपमा सुरु गरिएको यो पोर्टल श्रावणबाट पूर्ण रुपमा लागू हुने पनि विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । यो पोर्टल पूर्ण रुपमा लागू भएसँगै विभाग अन्तरगतको मागबाहक गाडी चेकजाँचमा पोष्टहरु हटाइनेछ । ढुवानी कम्पनी, व्यवसायी वा आयातकर्ताले मालसामान ढुवानी गर्नुअघि त्यसको विवरण सो वेव पोर्टलमा समावेश गर्नुपर्ने व्यवस्था गरिएकाले पनि त्यसपछि चेकजाँच गरिरहन नपर्ने विभागका महानिर्देशक मैनालले बताए ।

विभागले सो वेव पोर्टलमा मालसामानको विवरण नबुझाई ढुवानी गरेको पाइएमा त्यस्ता आयातकर्तालाई पहिलो पटक ५० हजार र अरु पटक पनि दोहोरिए १ लाखका दरले जरिवाना लिने व्यवस्था पनि गरेको छ । विभागका महानिर्देशक मैनालीले सामानको विवरण सो वेब पोर्टलमा नबुझाई आन्तरिक रुपमा सामान ओसारपसार गर्नेहरुलाई राजस्व छली सम्बन्धि अन्य कार्वाही पनि हुने स्पष्ट पारे । सरकारले चोरी निकासीलाई नियन्त्रण गर्न यो वेव पोर्टलको पनि व्यवस्था गरेको हो ।

यसैबीच, विभागले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म भन्सार छली गरेर ६६ केजी ४ सय ग्राम सुन बरामद गरिएको पनि जनाएको छ । विभागका महानिर्देशक मैनालीले विभागमा राजस्व चुहावटका ८१ वटा कसुरमा अनुसन्धान सम्पन्न गरि मुद्दा दायर गरिएको पनि बताए । विभागले विदेशी विनिमय अपचलन तथा हुण्डीको कसुरमा ५ अर्व ११ करोड विगो कायम गरी विगोको तेब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद माग दावीसहित जिल्ला अदालतमा मुद्दा पनि दायर गरेको छ । सो अवैध कारोबारमा १ सय ४ जना अभियुक्तहरु नियन्त्रणमा लिइएको पनि विभागका महानिर्देशक मैनालीले बताए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : ५६ बजे

स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी

काठमाडौं – होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

दमौली– तनहुँका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब