सुदूरपश्चिमका चार जिल्लाको अन्तरसमन्वय बैठक सम्पन्न | Khabarhub Khabarhub

सुदूरपश्चिमका चार जिल्लाको अन्तरसमन्वय बैठक सम्पन्न


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशका पहाडी चार जिल्लाको अन्तर समन्वय बैठक बैतडीको पाटनमा सम्पन्न भएको छ । बैतडीसहित बझाङ, डडेल्धुरा र डोटीको अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको हो ।

बैठकमा चारवटै जिल्लामा शान्ति सुरक्षा, विपद् व्यवस्थापन,आपराधिक क्रियाकलाप न्यूनीकरण, लागुऔषध ओसारपसार नियन्त्रण, सार्वजनिक यातायात व्यवस्थित, मदिरा बिक्रीवितरणको व्यवस्थापनलगायतका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बैतडीले आयोजना गरेको बैठकमा शान्ति सुरक्षाका लागि आपसी सहयोग आदान–प्रदान गर्ने, एक अर्का जिल्लाको असल अभ्यास कार्यान्वयन गर्ने, राजमार्गलाई अवरुद्ध हुन नदिन आ–आफ्नातर्फबाट पहल गर्ने र त्यसका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग, भीमदत्त राजमार्ग, डा केआइसिंह राजमार्ग र जयपृथ्वी राजमार्ग बर्सातका बेला अवरुद्ध हुनसक्ने भएकाले ती राजमार्ग सुचारुका लागि संयुक्त पहल गर्ने निर्णयसमेत भएको छ ।

यस्तै जिल्लाका सीमानाकामा नियमित चेकगरी लागुऔषध नियन्त्रण, मानव बेचबिखन रोकथाम, आपराधिक क्रियाकलाप नियन्त्रण गर्न समन्वय गर्नेलगायतका कार्यमा संयुक्त पहल गर्ने निर्णय भएको छ । यस्तै सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने प्रावधानलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने र मदिरा बिक्री वितरणलाई निश्चित समय तोकी व्यवस्थापन गर्ने निर्णयसमेत भएको छ ।

बैठकमा ती चारै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ९ : ३१ बजे

त्रिभुवन विश्वविद्यालयको भाँडभैलोले उठाएको प्रश्न- कक्षाकोठामा को जाने ?

कुलपति विरुद्ध नाराबाजी लागेको भन्ने कुरा त मैले मान्दिन किनभने

क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो : स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन

लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि कार्यान्वयन

लुम्बिनी– लुम्बिनीका स्थानीय होटल र लुम्बिनी विहारबीचको विवाद समाधान भएको

क्यान्सरविरुद्धको खोप बनाएको रुसको घोषणा, आगामी वर्ष संसारभर बाँडिने

काठमाडौं– रुसले क्यान्सरविरुद्धको खोप बनाएको घोषणा गरेको छ । रुसी

गाजामा इजरायली आक्रमण : एक लाख भन्दा बढी घाइते

इजरायल – इजरायली सेनाले गाजामाथिको आक्रमणलाई निरन्तरता दिएको छ। पछिल्लो