बझाङ जीप दुर्घटना अपडेट: ज्यान गुमाउनेको संख्या १० पुग्यो « Khabarhub

बझाङ जीप दुर्घटना अपडेट: ज्यान गुमाउनेको संख्या १० पुग्यो


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा सोमबार अपराह्न भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।

सोमबार सदरमुकाम चैनपुर नजिकै डुग्रीबाट कोटदेवल जाने क्रममा मष्टा गाउँपालिका १ कोटदेवल नजिकै से १ ज १०७२ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा मष्टा गाउँपालिका १ का कलक बहादुर खड्का, उनकी श्रीमती जुनधारा खडका, छोरा सरोज खडका, सोही ठाउँका नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्धालको मृत्यु भएको हो ।

संगीता खडका, अनिता द्घाल, जनक द्घाल, गोकुल शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी सुर्य बहादुर केसीले जानकारी दिए । जीप सडक भन्दा झण्डै ५ सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ९ : ०८ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२