खोलाले बगाएर बालिकाको मृत्यु « Khabarhub

खोलाले बगाएर बालिकाको मृत्यु


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको भानु नगरपालिका–७ चन्द्रावतीमा चुँदीखोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिनाकी काव्य श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घरभन्दा २० मिटर पछाडि रहेको खोलाले बगाइ सोही स्थानदेखि पाँच सय मिटर तल अचेत अवस्थामा भेटिएकी बालिकाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी दिएका छन् ।

 बालिकालाई आइतबार राति १० बजे दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए । घरबाट हराएपछि आफन्तजन र स्थानीयवासीले खोजतलास गर्ने क्रममा चुँदीखोलाले बगाएको अवस्थामा बालिका फेला परेकी थिइन् । बालिकालाई तत्कालै उपचारका लागि पुरनडिही अस्पताल पुर्‍याइएको थियो । 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : १८ बजे

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा