बाजुरामा एक सय बढी गाउँ पहिरोको उच्च जोखिममा | Khabarhub Khabarhub

बाजुरामा एक सय बढी गाउँ पहिरोको उच्च जोखिममा


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांकअनुसार नौवटै स्थानीय तहका एक सय १६ भन्दा बढी गाउँ बाढीपहिरोको जोखिममा परेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा एक सय १६ गाउँ बाढीपहिरोको जोखिममा रहेको पाइएको छ ।

बुढीनन्दा नगरपालिकाका १० गाउँ बाढीपहिरो प्रभावित छन् । नगरपालिकाको पिपलडाली, साउने गाउँ, दैया, मटेला, पार्तोला, जंसाल, रावतवाडा, कोल्टी बजार घोडाकोट, भुलेना, सिराडी, नौलाकोटलगायतका गाउँ स्थानान्तरण गरिनुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जगन्नाथ गाउँपालिकाको मुसेखोला, तल्लो हुनी र बस्केना गरी तीनवटा गाउँ उच्च जोखिममा छन् । त्यस्तै, स्वामीकार्तिक गाउँपालिकाका नौ गाउँ जोखिममा छन् । वर्कु, रुडी, जोरु, मुक्तिकोट सुपाना, पुडेनी जुकु, वाइ, मिगु गाउँ जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।

हिमाली गाउँपालिकाका पाँचवटा गाउँ जोखिममा छन् । बडिमालिका नगरपालिकाका तिपाडा, वलेना, जडाँगा, राप्का, बाउली गडखेत, भौनेरा, घागर र चुथी जोखिममा छन्, । मैमातोला, विष्टवाडा, जिल्ली, सिराडी, बथानलेख, सल्लेना, पाटा प्रभावित छन् । गौमुल गाउँपालिकाका २१ गाउँका तीन सय ३२ परिवार उच्च जोखिम छन् ।

त्रिवेणी नगरपालिकाका १३ गाउँका ९ सय ७१ परिवारलाई अन्यत्र सारिनुपर्ने प्रतिकार्य योजनामा उल्लेख छ । नगरपालिका–१ विशाल बजारका एक सय ७० घरधुरी, वडा नम्बर २ को सिम्ला, सिन्नेकोटकका दुई सय ७२ घरधुरी, वडा नम्बर ४ को पीपलसैन राउतेलाका एक सय ५७ घरधुरी, वडा ५ किम्नीका दुई सय १७ घरधुरी जोखिममा छन् ।

बुढीगंगा नगरपालिकामा २५ गाउँका ६ सय २५ परिवार उच्च जोखिममा छन् । खप्तड छेडेदह गाउँपालिकाका १४ गाउँका तीन सय ३२ परिवार जोखिममा छन् । गाउँपालिकाका मेलतोला, आरुगडा, नाउली खोला गाँज्रा, बल्दे, घट्टेखोला धनाल्त, टुनीसैन गुईवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाँउ उच्च जोखिममा छन् ।

वर्षा सुरु भएसँगै अहिले सबै गाउँ पहिरोको उच्च जोखिममा छन् । हिउँदको समयमा कम पानी पर्ने हुँदा बसोवास भइरहे पनि वर्षात्को समयमा बाढीपहिरोको जोखिम बढ्दा स्थानीयलाई कहाँ जाउ के, गरौँ हुन्छ ।

खोला, खोल्सा तथा नदी आसपासमा रहेका बस्ती जोखिममा हुँदा स्थानीयलाई वर्षेनी समस्या हुने गरेको छ । जिल्लामा धेरै परिवार उच्च जोखिममा भए पनि सरकारले बस्ती स्थानान्तरण गर्न कुनै पहल नगरेको स्थानीयको गुनासो छ । वर्षातमा अधिकांश परिवारले घर छाड्ने गरे पनि स्थानीयलाई सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण हुन सकिरहेको छैन ।

प्रतिकार्य योजनामा ती गाउँ अन्य ठाउँमा स्थानान्तरण गरिनुपर्ने जनाइएको छ । गाउँगाउँमा डोजरमार्फत सडक खन्दा बाढीपहिरोको जोखिम निम्तिने गरेको छ । विपद् जोखिम कम गर्न र विपद् आइसकेपछि उद्धारलगायतका कार्यका लागि सबै निकायलाई निर्देशन दिइएको, सेना र प्रहरीलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  २ : ०० बजे

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी