दुर्गमका बिरामीलाई उपचार गर्न शिविर सञ्चालन गर्छौँ : स्वास्थ्यमन्त्री खापुङ « Khabarhub

दुर्गमका बिरामीलाई उपचार गर्न शिविर सञ्चालन गर्छौँ : स्वास्थ्यमन्त्री खापुङ


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आज पदभार ग्रहण  गरेका छन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ आजै स्वास्थ्यमन्त्रीमा नियुक्त भएका छन् । 

पदभार ग्रहण गर्दै उनले नेपाल सरकारले ग्लोबल फण्डका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले जानकारी दिए । स्वास्थ्यमन्त्री खापुङले जनतालाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउन पहलकदमी गर्ने बताए । दुर्गम क्षेत्रमा उपचार नपाएकाका लागि लक्ष्य गरेर गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने उनको भनाइ रहेको थियो । 

उक्त निर्णय मन्त्रिपरिषद्मा पठाएपछि कार्यान्वयन हुने मन्त्रालयका प्रवक्ता डा मिश्राले जानकारी दिए । उनले ग्लोबल फण्डको कार्यक्रम सन् २०२४ देखि सरकारको मातहतमा ल्याउने र त्यसका लागि सचिवालयसमेत स्थापना गर्ने बताए  । 

सोही अवसरमा स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले पनि पदभार ग्रहण गरे । राज्यमन्त्री केसी २०७४ सालको सङ्घीय निर्वाचनमा दाङ क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । सोही अवसरमा निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले नवनियुक्त मन्त्री खापुङ र राज्यमन्त्री केसीलाई स्वागत गरेका थिए  । 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ५ : ०५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क