नेकपा एसतर्फ लक्षित गर्दै भीम रावलले सुनाए राजनीतिमा दासताको परिभाषा « Khabarhub

नेकपा एसतर्फ लक्षित गर्दै भीम रावलले सुनाए राजनीतिमा दासताको परिभाषा


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई लक्षित गरी दासताका परिभाषा सुनाएका छन् ।

यसअघि नेकपा (एकीकृत समाजवादी) भित्र जारी विवादलाई लिएर एमालेका केही नेताहरूले टिप्पणी गरेका थिए । त्यसको जवाफस्वरुप नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले एमालेका केही नेताहरू दास भएको बताएका थिए ।

सोही भनाइको जवाफमा नेता रावलले आफू दास नभएको टिप्पणी गरेका हुन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै नेता रावलले राजनीतिमा दासताको अर्थ पद, प्रतिष्ठा, पैसा र पारिवारिक हितको लागि विपरीत सिद्धान्त, नीति र कार्यक्रम भएकासँग अंकमाल एवं वाह्य शक्तिको भक्ति गरी स्वार्थ पूरा गर्ने रहेको टिप्पणी गरेका हुन् ।

उनले सिद्धान्त, नीति, विधि र राष्ट्रिय हित र स्वाधीनता विपरीत कसैले काम गरे डटेर विरोध नगरी भाग्नेहरू नै राजनीतिमा दास रहेको कटाक्ष गरे ।

उनले ट्विटरमा लेखेका छन्– ‘राजनीतिमा दासताको अर्थ : पद, प्रतिष्ठा, पैसा र पारिवारिक हितको लागि विपरीत सिद्धान्त, नीति र कार्यक्रम भएकासँग अंकमाल एवं वाह्य शक्तिको भक्ति गरी स्वार्थ पूरा गर्ने । सिद्धान्त, नीति, विधि र राष्ट्रिय हित र स्वाधीनता विपरीत कसैले काम गरे डटेर विरोध नगरी भाग्दै कुनै शक्तिको शरणमा जाने ।’

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ५ : ३८ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर