सरकारले छुटेका शरणार्थीहरूलाई परिचयपत्र दिने « Khabarhub

सरकारले छुटेका शरणार्थीहरूलाई परिचयपत्र दिने


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपालमा रहेका र विगतमा बिभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरूलाई परिचयपत्र दिने तयारी गरेको छ । सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो जानकारी दिएका हुन् ।  ‘छुटेकाहरूलाई उनीहरूको परिचयपत्र बनाउने सन्दर्भमा गृहकार्य भइराखेको छ । उनीहरूले पनि नेपालमा सहज जीवन जिउन सक्नुहोस् भन्ने नै हाम्रो सद्भाव रहेको छ’ गृहमन्त्री खाँणले भने । 

तर, कहिलेदेखि परिचयपत्र दिने ? त्यस्ता परिचय पत्र पाउनबाट छुटेका शरणार्थीहरू कति छन ? भन्ने विषयमा गृहमन्त्री खाँणले कुनै जानकारी दिएका छैनन् । नेपालमा रहेका सबैको मानव अधिकारका विषयमा सरकार सजग रहेको उनले बताए । मन्त्री खाँणले यसैमा थपे, ‘मान्छेहरू दुनियाँका जुनसुकै कुनामा जन्मिएको भएपनि उनीहरु मानव हुन्, नागरिकहरू नै हुन् । उनीहरूको पनि मानव अधिकार रहेको छ । नेपालमा पनि बिभिन्न काल खण्डमा बिभिन्न भूभागबाट आएर बसेका शरणार्थीहरू हुनुहुन्छ । ति शरणार्थीहरू पनि मानव नै हुन् । त्यसकारण उनीहरूको जीवन यापन सहज होस्, उनीहरूले मानव अधिकार प्राप्त गरुन् भन्ने नै सरकारको चाहना छ ।’ 

नेपालमा बसोबास गर्दै आएका शरणार्थीहरूका सन्तानहरू नेपालमै जन्मिएका र हुर्किएका उल्लेख गर्दै मन्त्री खाँणले उनीहरूप्रति नेपाल सरकार र नेपाली समाजको दायित्व रहेको बताए । उनी भन्छन्, ‘कतिपय शरणार्थीहरू जसको नेपालमै बालबच्चाहरू जन्मिएका छन्, हुर्कँदै छन् बढ्दै छन्उनीहरूको पनि दायित्व हाम्रो समाजको  र सरकारको हो ।’ कोरोना भाइरसको महामारीबाट बच्न कोरोना खोप लगाउँदा नेपालमा रहेका सबै मानवले पाउने गरी व्यवस्था मिलाएको उनले स्मरण गरे । 

‘सुरुमा नेपाली नागरिकले मात्रै खोप लगाउन पाउने थियो । त्यसलाई बदलेर नेपालमा बसोबास गरिरहेका सबैलाई खोप दिने व्यवस्था मिलायौं । शरणार्थीहरूलाई पनि पहिचान खुलेका, परिचय पत्र प्राप्त गरेकाहरू सबैलाई खेप दिएका छौं, दिने भनेका छौं’ मन्त्री खाँणले भने ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ६ : ४० बजे

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार

प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर

‘सर्वोच्चको आदेशलाई सम्मान गर्छौं, विशेष महाधिवेशनको औचित्य फेरि पुष्टि हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी

एमालेले पारित गर्‍यो सांसदले पाउने स्वकीय सम्बन्धी कार्यविधि

काठमाडौं– नेकपा एमालेले सांसदहरूले पाउने स्वकीय सम्बन्धी कार्यविधि पारित गरेको