एक दुई दिनमा नै माओवादीभित्र ठूलो एकता हुँदैछ : प्रचण्ड « Khabarhub

एक दुई दिनमा नै माओवादीभित्र ठूलो एकता हुँदैछ : प्रचण्ड


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एक दुई दिनमा नै माओवादीभित्र ठूलो एकता हुन लागेको बताएका छन् । 

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा प्रचण्डले गठबन्धन दलबीच मंसिरको पहिलो हप्ता निर्वाचन गर्नका लागि छलफल भइरहेको जानकारी दिए । उनले कार्तिकको अन्तिम साता वा मंसिरको पहिलो हप्ता संघ र प्रदेशको निर्वाचन हुने बताए । मंसिरको पहिलो हप्ता निर्वाचन गर्ने विषयमा छलफल भइरहेको पनि उनले बताएका छन् । उनले माओवादीको आन्दोलनकै कारण मुलुकमा गणतन्त्र, संघीयता लगाएको उपलब्धि हासिल भएको भन्दै परिवर्तनको मुख्य बाहक माओवादी केन्द्र नै रहेको जिकिर गरे । उनले परिवर्तनको मुख्य बाहक शक्तिलाई बलियो बनाउनका लागि छरिएर रहेको माओवादी एक हुनुपर्ने उल्लेख गरे । 

माओवादी परिवर्तनकारी शक्ति रहेकाले स्थानीय तहको निर्वाचनमा जसले जति सिट ल्याएपनि जित माओवादी केन्द्रकै भएको उनको जिकिर छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ७ : ३९ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर